नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • शीतलहरबाट जोगाउन बाँकेमा 'शीतलहर आकस्मिक योजना'
शीतलहरबाट जोगाउन बाँकेमा 'शीतलहर आकस्मिक योजना'
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २७, २०८० बागेश्वरी पोस्ट
शीतलहरबाट जोगाउन बाँकेमा 'शीतलहर आकस्मिक योजना'

नेपालगन्ज । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको वैठकले २१ बुँदे निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा आज बसेको वैठकले शीतलहरबाट नागरिकलाई जोगाउन परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको हो ।

वैठकमा यस वर्षको चिसोयाम शुरु भइसकेकोले जिल्लामा चिसो तथा शीतलहरका कारण हुन सक्ने क्षती न्यूनीकरणका लागि तयार गरिएको शीतलहर आकस्मिक योजना २०८० को मस्यौदामाथि छ्लफल गरी प्राप्त सुझाव समेत समावेश गरेर परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गरिएको छ ।

आठ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत जिल्लाका सरोकारवाला उपस्थित वैठकमा स्वीकृत उक्त योजना अनुरुप आ-आफ्नो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरूले तत्काल आवश्यक तयारी तथा पूर्व प्रवन्ध मिलाई कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।  साथै सबै नगरपालिका/गाउँपालिका विपद व्यवस्थापन समिति तथा सवै विषयगत क्षेत्रले आ-आफ्नो शीततलहर पूर्व तयारी बैठक बसी आकस्मिक योजना तयार गरी लागू गर्ने निर्णय भएको हो ।

स्थानीय तहसंगको समन्वयमा जिल्ला तथा स्थानीय तहमा कार्यरत सवै संघसस्था, निजी क्षेत्र, नेपाल रेडक्रस सोसाइटीले एक आपसमा समन्वय गरी चिसो तथा शीतलहरवाट हुने क्षती न्यूनीकरणका लागि गतिविधि सञ्चालन गर्ने,  स्थानीय तहले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, वालवालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर सूची तयार पार्ने र राहत वितरण प्राथमिकतामा राख्ने, चिसो तथा शीतलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिविजन वन कार्यालय र बन उपभोक्ता समितिसंग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलव्ध गराउने, दाउरा उपलव्ध गराउँदा सहुलियत दररेटमा समेत उपलव्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

चिसो तथा शीतलहरको प्रभावबाट बच्न/बचाउनको लागि जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्रले स्थानीय भाषा समेतमा जनचेतनामूलक सामग्री तयारमा सहजीकरण गर्ने तथा बाँकेमा रहेका सवै एफएम रेडियो, पत्रपत्रिकामा सन्देशहरु प्रसारण/प्रकाशन गर्ने र त्यसका लागि नेपाल पत्रकार महासंघले आवश्यक समन्वय गर्ने निर्णय भएको छ । स्थानीय संघ/संस्था, रेडक्रस उपशाखा, स्थानीय क्लवहरूले विभिन्न समुदाय, विद्यालयहरुमा चिसो तथा शीतलहरवाट बच्ने उपाय सम्वन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत शीतलहरबाट बच्ने/बचाउने सम्बन्धमा सचेतना अभियान सञ्चालन गर्ने, कुहिरो तथा हुस्सु लागेको समयमा संभावित सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्ने लगायतका निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

बैठकमा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा विपद व्यवस्थापनको अवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए । जाजरकोट भूकम्पपछि भेरी अस्पताललाई 'डेडिकेटेड अस्पताल' तोकिएपछि फोकल पर्सनका भूमिका निभाएका स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले उपचार व्यवस्थापनमा भएका काम र आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले सबैको संयुक्त प्रयासमा राहत संकलन र व्यवस्थापनका लागि भएका कामहरुको बारेमा जानकारी गराएका थिए ।

यसैबीच जिल्ला विपद व्यवस्थापन समितिले जाजरकोट भूकम्प पश्चात प्रतिकार्यमा सहयोगी भूमिका निभाउने सरकारी निकाय, कार्यालय, संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । जाजरकोट भूकम्पका घाइतेको उपचार व्यवस्थापन, राहत सामग्री हस्तान्तरण लगायतका क्रियाकलापमा सहयोग पुर्याउनेहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको हो । सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
 


प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:३४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP