prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा कमसल कालोपत्रे उप्काइयो, बन्यो नयाँ असफाल्ट पिच
कोहलपुरमा कमसल कालोपत्रे उप्काइयो, बन्यो नयाँ असफाल्ट पिच
RSG-2
गौरब गिरी
आइतबार, पुस १, २०८० गौरब गिरी
कोहलपुरमा कमसल कालोपत्रे उप्काइयो, बन्यो नयाँ असफाल्ट पिच

कोहलपुर । कोहलपुर नगरपालिका–१५ चौधरियाका दुर्गाबहादुर क्षेत्री एक हप्ता अघि घरछेउँमा बनेको असफाल्ट पीच (कालोपत्रे सडक) को अवस्था देखेर खिन्न थिए । कालोपत्रे भनिएको सडकमा हिँड्दा धुलो उड्थ्यो । तर, त्यही सडकको अवस्था एक हप्तापछि भने पूरै फेरिएको छ । आइतवार चौधरियामा भेटिएका क्षेत्रीले कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीतिर औला देखाउँदै भने–‘उहाँले कालोपत्रे राम्रो नभएको भन्दै सडक निर्माण गर्ने निर्माण कम्पनीलाई सुधार्न निर्देशन दिनुभयो । उप्काएर फेरि कालो पत्रे गरिएपछि बल्ल सडक, सडक जस्तै बनेको छ ।’

उपप्रमुख सुवेदीको नेतृत्वमा अनुगमन समिति छ । उक्त समितिले आफ्नो क्षेत्रभित्रका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्दै आएको छ । त्यही क्रममा वडा नं १५ को उक्त सडकको गएको मंसिर २४ गते अनुगमन समितिले स्थलगत अनुगमन गर्यो । इन्जिनियर सहित पुगेको टोलीले ‘कोरकटिङ गरी कालोपत्रेको विटुमिन परीक्षण हेर्दा मापदण्ड अनुसार भेटिएन । उपप्रमुख तथा अनुगमन समिति संयोजक सुवेदीले तत्काल निर्माण कम्पनीलाई एक हप्ताभित्र मापदण्ड अनुसार पुनः कालोपत्रे गर्न निर्देशन दिइन् । उनको निर्देशनपछि करिव डेढ सय मिटर कालोपत्रे उप्काएर निर्माण कम्पनीले एक हप्तामै पुनः कालोपत्रेको काम पूरा गरेको छ ।

कोहलपुर नगरपालिकाको ४७ लाख ४६ हजार २३४ रुपैयाँको लगानीमा ‘बरको रुख अगाडिदेखि चौधरिया चोक’ सम्मको चार सय मिटर सडक कालोपत्रे गर्ने गरी खुसी विल्डर्सले ठेक्का लिएको थियो । साढे पाँच मिटर चौडाई भएको उक्त सडकको बायाँतिरको करिब डेढ सय मिटर खण्ड भत्काएर पुनः कालोपत्रे गरिएको योजना शाखा प्रमुख हरि वलीले बताए । उनका अनुसार अहिले कालोपत्रेमा हुनुपर्ने थिक्नेश पुगेको छ । तर, गुणस्तरीय भए नभएको टुंगो भने ल्यावको रिपोर्टपछि थाहा हुनेछ । ‘कोरकटिङ’का माध्यमबाट कालोपत्रेको जाँच गर्दा त्यसको प्रारम्भिक गुणस्तरीयता प्रष्टसँग देख्न सकिन्छ । यसअघि ‘कोरकटिङ’ बाट परीक्षण गर्ने गरिएको थिएन । ‘कोरकटिङ’ गरेकै कारण चौधरियाको सडक गुणस्तरमा शंका देखिएको थियो । ‘कोरकटिङ’बाट कालोपत्रेको थिक्नेश कति छ भन्ने पत्ता लाग्छ । थिक्नेश कम देखिएपछि अनुगमन समितिले गुणस्तरियतामा प्रश्न उठाएको हो । कोहलपुर नगरपालिकाको लागतमा निर्माण भएका योजनाहरुको गुणस्तरीयता कायम राख्न अनुगमनलाई प्रभावकारी बनाइएको उनले बताए ।

नगरपालिकाले बनाउने संरचनाहरु गुणस्तरीय होउन् भन्ने उद्देश्यका साथ अनुगमनलाई कडाई गरिएको उपप्रमुख सुवेदीको भनाई छ । यसअघि बनेका सडक तथा नालाहरुको ल्याव परीक्षण हुने गरे पनि प्रभावकारी थिएन । अनुगमन समितिले आँखाले हेरेरै त्यसको गुणस्तरियताबारे रिपोर्ट पेश गर्ने गरेका थिए । त्यसैका आधारमा बिल भुक्तानी हुने गरेको थियो । तर, सुवेदी नेतृत्वको समितिले भने स्थलगतरुपमा प्रविधिको प्रयोग गरेर त्यसको गुणस्तरीयता जाँच गर्ने गरेको छ । कमसल देखिएका ठाउँमा भत्काएरै पुनः बनाउनेदेखि बिल भुक्तानीमा समेत कडाई गरिएको उनले बताइन् । ‘अनुगमन केवल अनुगमनमा सीमित हुनु हुँदैन् भन्ने सवालमा म स्पष्ट छु उनले भनिन्–‘सम्झौता अनुसार काम नगर्ने जो कोहीलाई पनि उन्मुक्ति दिइँदैन । हाम्रा पूर्वाधार निर्माणका कामहरु टिकाउ र गुणस्तरीय हुनुपर्छ ।’

यस्तै उपभोक्ता समितिबाट निर्माण हुने पाँच लाख भन्दा बढीका आरसीसी नालामा पनि समितिले क्युव टेस्ट सुरु गरेको छ । मसला र सरियाको गुणस्तरियता जाँच गर्न क्युव टेस्ट गर्ने गरिएको अनुगमन समितिका सदस्य नरेश वान्तवाले बताए । आइतवारको अनुगमनमा उपप्रमुख सुवेदी, नगरपालिकाका पूर्वाधार विकास समिति संयोजक वान्तवा, योजना शाखा प्रमुख वली, अनुगमन समिति सदस्य लालबहादुर राना, अनुगमन समिति सदस्य लालबहादुर राना, साइड इन्चार्ज तारा वहादुर खत्री, वडा नं १५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP