prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • महिला उद्यमीले गर्न लागेको प्रदर्शनी मेलाको तयारी तीव्र
महिला उद्यमीले गर्न लागेको प्रदर्शनी मेलाको तयारी तीव्र
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस ५, २०८० बागेश्वरी पोस्ट
महिला उद्यमीले गर्न लागेको प्रदर्शनी मेलाको तयारी तीव्र

नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाको तयारी तीव्र पारिएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष महिला उद्यमीहरुका उत्पादित वस्तुहरुलाई बजारीकरण गर्न र उद्यमताको विकास गराउन मेलाको आयोजना गर्ने गरेको छ । महिला उद्यमीहरुको प्रोत्साहनको लागि महिला उद्यमीहरुले गर्न लागेको प्रदेश स्तरीय प्रदर्शनी मेला यसपटक पुष २४ गतेदेखि नेपालगञ्जमा हुँदैछ ।

नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरको पार्कमा हुन लागेको प्रदर्शनी मेलालाई भव्यरुपमा आयोजना गर्न विभिन्न उप–समिति गठन गरिएको आयोजक महिला उद्यमी संघ नेपाल बाँकेकी अध्यक्ष साबित्रा बस्नेतले बताइन् । उनले भनिन्,‘हामी तयारीमा जुटिरहेका छौं । विगतमा जस्तै यसपटक पनि ग्रामीणस्तरमा महिलाहरुले उत्पादन गरेका वस्तु र व्यवसायलाई प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य रहेको छ । त्यसलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर काम गरिरहेका छौं । सबैले आ–आफनो जिम्मेवारी अनुसार काम गरिरहनुभएको छ ।’

संघको बैठकले महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहलाई प्रदर्शनी मेला संयोजकको जिम्मेवारी दिएको छ । यसैगरी बैठकले वविता मैनालीको संयोजकत्वमा स्वागत सत्कार तथा आवास उप–समिति गठन गरिएको छ ।  समितिको सदस्यमा सुशिला राणा, सुनिला बराल र गीता प्रसाईं रहेकी छिन् । नितु चन्द शाहको संयोजकत्वमा स्टल व्यवस्थापन उप–समिति, सरिता शाक्यको संयोजकत्वमा सचिवालय तथा सञ्चार उप–समिति गठन गरिएको छ । जसको सदस्यमा आभा गौतम रहेकी छिन् । शशी स्वाँरको संयोजकत्वमा आर्थिक उप–समिति, संघको पूर्व अध्यक्ष सरस्वती शर्माको संयोजकत्वमा जिल्ला समन्वय समिति, अञ्जु गुरुङको अध्यक्षतामा मञ्च व्यवस्थापन उप–समिति गठन गरिएको छ । जसको सदस्यमा सुष्मा सुवेदी र कमला टण्डन रहेकी छिन् । 
प्रदर्शनी मेला संयोजक सिंहले बाँकी रहेका अन्य उप–समितिहरु विस्तार गर्दै काम गरिरहेको बताइन् । उनले भनिन्,‘केही उप–समितिहरु गठन गर्न बाँकी छ । कार्यसमितिको बैठकले आवश्यकता अनुसार क्रमशः अन्य उप–समितिहरु गठन गर्दै जानेछ ।’

महिला उद्यमी संघ नेपाल बाँकेले एक दशक अघिदेखि महिलाहरुलाई उद्यममा प्रोत्साहन गर्नको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । जस अन्तर्गत संघले हरेक वर्ष महिलाहरुको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी मेला गर्ने गरेको छ । जहाँ हरेक वर्ष विभिन्न उत्पादन र वस्तुहरुको बिक्री वितरण गर्ने गरिएको छ ।

महिलाहरुले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, अन्य सामग्री, उत्पादनको बजारीकरणमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाले महत्वपूर्ण सहयोग गर्दै आएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष बस्नेतले बताइन् । 
 


प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP