नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर-९ मा ऐलानी जग्गाको नापजाँच सुरु
कोहलपुर-९ मा ऐलानी जग्गाको नापजाँच सुरु
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ६, २०८० बागेश्वरी पोस्ट
कोहलपुर-९ मा ऐलानी जग्गाको नापजाँच सुरु

कोहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर ९ मा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको ऐलानी जग्गाको नापजाँच सुरु भएको छ । वडा नम्बर ९ को बाटो पश्चिमको चटार क्षेत्रबाट जग्गाको नापजाँच सुरु भएको हो । जग्गाको नापजाँच र निस्सा वितरण सँगसँगै गरिने वडाले जनाएको छ । 

निस्साको प्रमाणपत्र प्राप्त गरेकाहरुको नगरपालिकाबाट खटिएको प्राविधिक टोलीले जग्गा नापजाँच गर्नेछ । त्यसका लागि वडाले निस्सा प्रमाणपत्र लिन आग्रह गरेको छ । निस्सा प्रमाणका लागि घरधुरी कर बुझाएको प्रमाण लिएर वडा कार्यालयमा आउन वडाले सबैलाई आग्रह गरेको छ । यो वडामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी घरधुरी एक हजार बढी रहेको पाइएको छ । भूमिहिन दलित र भूमिहिन सुकुम्बासी भने ७० जना भएको प्रमाणित भएको छ ।

७७ जनाले फारम भरे पनि ७ जनाको अन्यत्र पनि जग्गा रहेको पाइएपछि मालपोत कार्यालयले ७० जना भूमिहिन दलित र भूमिहिन सुकुम्बासी रहेको प्रमाणित गरेको वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले जानकारी दिए । त्यसैगरी ९५१ जना अव्यवस्थित बसोबासीले फारम भरेका छन् । यसअघि ८३५ जनाले मात्रै अव्यवस्थित बसोबासीले फारम भरे पनि पछिल्लो पटक राष्ट्रिय भूमि आयोगले भदौ २९ गते ३५ दिने सूचना जारी गरेर छुटपुटलाई फारम भर्न समय दिएको थियो । त्यसक्रममा वडा नम्बर ९ मा थप ११६ जनाले फारम भरेको वडा अध्यक्ष योगीले बताए ।

कोहलपुर नगरपालिकामा करिव २० हजार घरधुरी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार ती घरधुरीलाई लालपूर्जा वितरणको तयारीसहित पालिकाले जग्गा नापजाँचको कामलाई तीब्रता दिएको बताए । ‘करिव २० हजार घरधुरीलाई लालपूर्जा वितरण गर्ने तयारीका साथ जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको छ,' उनले भने–‘चालू आर्थिक वर्षसम्म जग्गा नापजाँचको सम्पूर्ण काम पूरा गर्ने योजना छ ।’ कुनै पनि नागरिक भूमिहिन भएर बस्न नपरोस् भन्ने संघीय सरकारको नीति रहेको र त्यही अनुसार राष्ट्रिय भूमि आयोगले समेत काम गरिरहेकाले पालिकाले पनि संघीय सरकारको नीति र भूमि ऐनलाई टेकेर काम गरिरहेको उनको भनाई छ ।

नगर उपप्रमुख संगिता सुवेदीले वन र भूमि ऐनबीचको टकरावले केही समस्या भए पनि यो प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाइएको बताइन् । उनले विगतमा जस्तो नापी हुने तर लालपूर्जा वितरण नहुने समस्या यो पटक नहुने भन्दै आफ्नै कार्यकालमा लालपूर्जा वितरण गरिने प्रतिबद्धता समेत गरिन् । नगरपालिकाले गत वर्षदेखि कोहलपुर नगरपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको ऐलानी जग्गाको नापजाँच सुरु गरेको हो । जग्गा नापजाँचकै लागि पालिकाले एक करोड बजेट खर्च गरिरहेको उनले बताइन् ।

त्यसैगरी राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य अशोक पोख्रेलले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई छिटो भन्दा छिटो जग्गा धनी पूर्जा वितरणको महाअभियानमा आयोग लागिरहेको बताए । उनले यसअघि बनेका अन्य आयोग भन्दा राष्ट्रिय आयोग अधिकार सम्पन्न आयोग भएकाले यो पटक जग्गाधनी पूर्जा प्राप्त हुँदैन की भन्ने शंका नगर्न सबैलाई आग्रह गरे । ‘यसअघि पनि आयोगहरु नबनेका होइनन्,' उनले भने–‘तर ती आयोग भन्दा यसको प्रारुप नै फरक छ । कार्यविधि सहित अधिकार सम्पन्न आयोग भएकाले यो पटक ढुक्क भएर लालपूर्जा पाउनुहुन्छ ।’ उनले आफ्नै कार्यकाल र अहिलेकै जनप्रतिनिधिहरुबाट लालपूर्जा वितरण गर्ने महाअभियानमा आयोग अगाडि बढेको पनि उल्लेख गरे । अन्य पालिका भन्दा कोहलपुर नगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको ऐलानी जग्गाको नापजाँच सुरु छिटोछरितो गर्दै आएको भन्दै लालपूर्जा वितरणको काम पनि कोहलपुरमा छिट्टै उनले बताए ।

अहिलेसम्म कोहलपुरका १, २, ५, ८,१० र १२ नम्वर वडाको नापजाँच पूरा भएको छ । वडा नम्बर ३, ११, १४ को अन्तिम चरणमा पुगेको छ । अब वडा नम्बर १४ को नापजाँच सकियो भने वडा नम्बर १३ को नापजाँच सुरु हुनेछ भने वडा नम्बर ११ को नापजाँच सकियो भने वडा नम्बर ३ को नापजाँच सुरु गरिएको नगरस्तरीय भूमिहिन सम्वन्धि उच्च स्तरीय समितिका संयोजक वीरेन्द्र कुमार शाहले बताए । उनका अनुसार शनिवार वडा नम्बर १५ को नापजाँच पनि सुरु गर्ने तयारी छ । त्यसपछि वडा नम्बर ४, ६ र ७ को नापजाँच गरिने शाहले बताए । वडा नम्बर ९ को जग्गा नापजाँच उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १४ का वडा अध्यक्ष नमबहादुर आले, वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर राना, १३ का वडा अध्यक्ष डम्वर खड्का, १५ का वडा अध्यक्ष दीपेन्द्र चौधरी, आर्थिक विकास समिति संयोजक अनिता बुढा, सुशासन समिति संयोजक सुनिता विष्ट, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  २०:५१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP