Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेको कुष्ठरोग निवारण अभियानमा बजेट अभाव
बाँकेको कुष्ठरोग निवारण अभियानमा बजेट अभाव
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १०, २०८० बागेश्वरी पोस्ट
बाँकेको कुष्ठरोग निवारण अभियानमा बजेट अभाव

बाँके । जिल्लामा बजेट अभावका कारण कुष्ठरोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा कुष्ठरोग निवारणका लागि अभियान सञ्चालन गर्न बजेट नभएपछि अभियानका काम रोकिएको हो  । 

उक्त कार्यालयका क्षय कुष्ठ स्रोत व्यक्ति रवीन्द्र साहले रोग निवारण अभियानका लागि बजेट नभए पनि स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमका लागि भने प्राविधिक सहयोग गर्दै आएको बताए । 

उनले अभियान सञ्चालन गर्नका लागि बजेट नभएकाले बिरामी खोजपडताललगायत गतिविधि अगाडि बढाउन नसकिएको उल्लेख गरे । जिल्ला स्वास्थ्य कार्यालय मात्रै नभएर स्थानीय तहमा समेत कुष्ठरोग निवारणका लागि बजेट छैन । 

जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले विगतको तुलनमा रोगीको सङ्ख्या कम भए पनि रोग निवारणको लक्ष्य भेटाउन सबैले आ-आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गरे ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले कुष्ठरोगको निवारण चुनौतीपूर्ण रहेको बताए । समाजमा अहिले पनि रोगीहरु लुकेर बसेको हुनसक्ने भएकाले खोजीका लागि शिविर सञ्चालनको आवश्यकता रहेको उनको भनाइ थियो ।

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लामा कुष्ठरोग निवारणका लागि आवश्यक बजेट विनियोजन गर्न आफूले स्थानीय तहसँग पहल र सरोकारवाला निकायबीच थप सल्लाह गरिने बताए । 

जिल्लामा आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले कुष्ठरोगीको खोजपडताल र उपचार गर्दै आएको छ । 

गत आर्थिक वर्षमा एक सय २६ कुष्ठरोगीको पहिचान भएको अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले जानकारी दिए । उनका अनुसार पहिचान भएका मध्ये ५५ बाँकेका र २७ बर्दिया जिल्लाका रहेका छन् ।

अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् ।

आफूकहाँ आएका बिरामीका साथै ठाउँठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपडताल गर्दै आइएको अस्पतालका प्रमुख थारूले बताए । उक्त अस्पतालमा अघिल्लो आर्थिक वर्ष ०७८-७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको थियो । रासस

 


प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP