prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदर्शनी हुँदै
महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदर्शनी हुँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ११, २०८० बागेश्वरी पोस्ट
महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदर्शनी हुँदै

नेपालगन्ज । महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण गर्न नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ । महिला उद्यमी संघ बाँकेले महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीहरुलाई उत्प्रेरणा दिने उद्देश्यले प्रदर्शनी गर्न लागेको जनाएको छ ।

संघले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेरे हरेक वर्ष हुँदै आएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई यसपटक पनि निरन्तरता दिँदै पुस २४ देखि २८ गतेसम्म आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आयोजना गर्न जानकारी दिएको हो । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीले महिलाहरुलाई उद्यमतर्फ आकर्षित गराउँदै राज्यको आर्थिक विकासमा योगदान गर्ने उद्देश्य लिइएको महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्रा पोख्रेल बस्नेतले बताइन् । "हरेक वर्ष हामीले प्रदर्शनीबाट महिला उद्यमीहरुमा नयाँ उत्साह र हौसला बढिरहेको महशुस गरेका छौं । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आयोजना गरिने यस प्रदर्शनीले महिला उद्यमीका उत्पादनहरुलाई बजारीकरणमा सहयोग गर्दै सफल उद्यमी बन्न सहयोग गरिरहेको छ," बस्नेतले भनिन् ।

आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा ६० बढी महिला उद्यमीहरुको स्टल रहने संघकी प्रथम उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक रेवती सिंहले जानकारी दिइन् । प्रदर्शनी आयोजना गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रदर्शनी अवधिमा करिब ८ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सिंहले बताइन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्ड्रेन पार्कमा ५ दिनसम्म चल्ने प्रदर्शनीमा लुम्बिनी प्रदेशको १२ जिल्लाबाट महिला उद्यमीहरुको सहभागिता रहने बताइएको छ । यस्तै कर्णाली र सुदुरपश्चिमबाट समेत केही महिला उद्यमीहरु प्रदर्शनीमा सहभागी हुने जानकारी दिइएको छ ।

नवउद्यमी प्रोत्साहन गर्न विद्यार्थीहरुलाई निःशुल्क स्टल राख्न दिइने बताइएको छ । प्रदर्शनीमा सिटी कलेज अफ म्यानेजमेन्ट र एबिसी रेसिडेन्सियल स्कुलका विद्यार्थीको स्टल रहने सिंहले बताइन् । "यस पटक अर्को नयाँ अभ्यास गर्ने क्रममा प्रदर्शनीमा सहभागी भएका स्टलहरु मध्ये बाँकेबाट सहभागी भएका मध्येबाट एक जना र अन्य बाहिरी जिल्लाबाट सहभागी भएका एक जना महिला उद्यमीलाई पुरस्कृत गर्नेछौं । महिला उद्यमीको समस्या र चुनौतीको बारेमा सरोकारवालासँग अन्तरक्रिया र हरेक दिन सफल महिला उद्यमीहरुको अनुभव र संघर्षको कुरा सुनाउने कार्यक्रम रहेको छ," महिला उद्यमी संघ लुम्बिनी अध्यक्ष सरस्वती शर्माले भनिन् ।

यस पटकको प्रदर्शनीमा नयाँ उद्यमीहरुको रुपमा कर्णाली प्रदेशको जाजरकोटबाट पत्थर, सुर्खेतबाट ढाकाको कपडा, बर्दियाबाट बेसार, होमस्टेबारे प्रचार प्रसार, स्थानीय खानाको परिकार, पुर्वी रुकुमबाट स्थानीय खाद्यवस्तु, नेपालगन्जको नाना चाचाले जेलमा बसेका महिलाहरुले उत्पादन गरेको कपडा, बाँकेबाट तोरीको तेल, दाल, चामल, बर्दियाबाट स्विटर लगायतका उत्पादन सहित महिला उद्यमीहरु पहिलोपटक सहभागी हुने बताइएको छ ।
 


प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP