Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जमा तातो हावा 'लु' प्रतिकार्य कार्यक्रम
नेपालगन्जमा तातो हावा 'लु' प्रतिकार्य कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १३, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जमा तातो हावा 'लु' प्रतिकार्य कार्यक्रम

नेपालगन्ज । नेपालगन्ज तातो हावा (लु) को उच्च जोखिममा छ । गर्मी समयमा चल्ने तातो हावा 'लु' को उच्च जोखिमबाट बच्न पूर्व तयारी आवश्यक छ । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकासंगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगन्जमा 'लु' प्रतिकार्यका लागि काम गरिरहेको छ ।

बढ्दो कार्वन उत्सर्जनले जलवायुमा ल्याइरहेको परिवर्तनको असरले विश्व तापमान बर्षेनी उकालो लागिरहेको छ । विश्वमै 'लु' एक गम्भीर विपदको रुपमा देखिएको छ । नेपालगन्जका लागि पनि 'लु' समस्याका रुपमा रहेको छ । अमेरिकन रेडक्रस र क्लाइमेट सेन्टरको सहयोगमा नेपाल रेडक्रस बाँके शाखा गत वर्षदेखि 'लु' प्रतिकार्यका लागि क्रियाशील छ । नेपालमै पहिलोपटक 'पाइलटिङ' का रुपमा नेपालगन्ज उपमहानगरपालिकामा 'लु प्रतिकार्य कार्यक्रम' संचालनमा छ ।

नेपालगन्जमा आज यो कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र नेपालगन्ज उपमहानगरपालिकाबीच साझेदारीपत्र आदानप्रदान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र रेडक्रसका बाँके सभापति गोबर्द्धन सिंह सम्झनाले समझदारीपत्र आदानप्रदान गरेका हुन् । उक्त कार्यक्रममा रेडक्रसका रुद्र अधिकारी र दोलख डाँगीले 'लु प्रतिकार्य' का लागि भइरहेको क्रियाकलाप, गर्नुपर्ने काम, प्रतिकार्य योजना निर्माण र कार्यान्वयन लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकामा चिसो छानो निर्माण, कुलिङ सेन्टर स्थापना, सचेतना प्रवर्द्धन लगायतका गतिविधि संचालन गर्ने तयारी गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले तातो हावा (लु) नेपालगन्जको प्रमुख विपदका रुपमा देखा परेको भन्दै यसबाट बच्न पूर्व तयारी र पूर्व अभ्यासमा जोड दिनुपर्ने बताए । त्यसका लागि रेडक्रससंग सहकार्य गरेर प्रतिकार्यका लागि काम गरिरहेको विष्टको भनाई छ । उनले नेपालगन्ज उपमहानगरपालिका विपद प्रतिकार्यका लागि गम्भीर ढंगले लागिपरेको बताए ।

रेडक्रसका सभापति सम्झनाले आपसी सहकार्यले विपद विरुद्ध जुध्न स्थानीय सरकारको उत्थानशिलता अभिवृद्धि हुने बताए । आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका विपत तथा वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा नगर प्रवक्ता प्रमोद रिजाल, विपत तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह, पूर्वाधार समिति संयोजक बसन्त कनोजिया लगायत उपस्थित थिए । 


प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP