नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवा गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता विरतण सुरु
डुडुवा गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता विरतण सुरु
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १६, २०८० बागेश्वरी पोस्ट
डुडुवा गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक बर्ष २०८०-०८१ को प्रथम त्रैमासिक अन्तर्गत साउनदेखि असोजसम्मको भत्ता वितरण गर्न थालिएको हो । 

गाउँपालिकाको वडा नं.२ बेतहनीबाट आजदेखि  भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नं. २ का जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गर्दै सुरक्षा भत्ता वितरणको शुभारम्भ गरेका हुन् । 

भत्ता विरतण कार्यको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले चिसोको मौसममा नागरिकलाई सहजताका लागि यस वर्ष बैंकका कर्मचारीहरु वडा वडामा पुगेर भत्ता वितरणको कार्य सुरु गरिएकोे बताए । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंकिङ लगायत प्राविधिक समस्याले स्थानीयको घर-घरमै पुगेर वितरण गर्न नसक्नु दु:खद भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडा (गाउँस्तर) मै बोलाएर वितरण गर्न लागेको बताए । 

भत्ता वितरण कार्यक्रममा पालिकाका उपाध्यक्ष शाहिदा बानो, २ नं.का वडा अध्यक्ष दुर्गाप्रसाद बर्मा लगायतको उपस्थिति रहेको थियो । वडा नं. २ अन्तर्गत प्रहरी चौकीमा आज भत्ता वितरण गर्न सुरु गरिएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराँतीले बताए  । उनका अनुसार पालिकाले भत्ताको रकम इएफटी प्रणालीको समस्याका कारण खातामा रकम जम्मा नभएकाले पहिलो त्रैमासिकको रकम वितरण गर्न लागिएको र यो रकमपछि वितरण हुनेछ । 

गाउँपालिकामा पहिलो त्रैमासिकका लागि ४ हजार तीन सय ३८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकका वडा सचिव शिवकुमार मौर्यले बताए । 

वडा सचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना र ४ हजार रुपैयाँ, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना २ हजार ६ सय ६० रुपैयाँ, पूर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रति महिना  ३ हजार ९ सय ९० रुपैयाँ, अपांगता भएका व्यक्ति (ख) वर्गलाई प्रति महिना २ हजार १ सय २८  रुपैयाँ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना  ५ सय ३२ रुपैयाँका दरले रकम वितरण गरिनेछ ।

 


प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP