prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाद्वारा अवैध इ-रिक्सा नष्ट गरिँदै
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा अवैध इ-रिक्सा नष्ट गरिँदै
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २४, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा अवैध इ-रिक्सा नष्ट गरिँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ–रिक्सा नष्ट गर्न सुरु गरेको छ । लामो समयदेखि इ–रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इ–रिक्सा नष्ट गर्न सुरु गरेको हो । मंसिर १९ गतेदेखि अवैध इ–रिक्सा नियन्त्रण अभियान थालेको नेपालगञ्ज उपमहानगरपालिकाले आज ५ वटा इ–रिक्सा नष्ट गरेको छ । 

nepalgunj 081-082

आवश्यक कागजात नभएका ती इ–रिक्सा प्राविधिक जाँच गरी नष्ट गरिएको हो । भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरको इ–रिक्सा जेसिबीले नष्ट गरेको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए । यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशिल शर्माले इ–रिक्सा धनी/चालककै अगाडि कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले/नमिलेको वा भए÷नभएको प्राविधिक जाँच गरेका थिए । 

नेपालगञ्ज उपमहानगरपालिकाले इ–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ–रिक्सा अद्यावधिक गर्न समय दिइएको थियो । नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध इ–रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका दृढ भएर लागेको बताए । “हामीले पटक–पटक भनेको हौं, अद्यावधिक गर्न समय पनि दिएका थियौं, नियन्त्रणमा लिइएका धेरै इ–रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छोडेका छौं, अवैध इ–रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौं,” नगर प्रमुख विष्टले भने–“अब हामी निरन्तर अगाडि बढ्छौं, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन ।”

नेपालगञ्ज उपमहानगरपालिकाले हालसम्म ६२३ इ–रिक्सा नियन्त्रणमा लिएको छ । ती मध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि ५३८ इ–रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ वटा इ–रिक्सा नियन्त्रणमै छन् । ती इ–रिक्सामाथि पनि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताए ।   


प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा बाँकेमै पहिलोपटक ई-पालिका सेवा सुरु
बैजनाथमा बाँकेमै पहिलोपटक ई-पालिका सेवा सुरु
खजुरामा फलफूलका बिरुवा वितरण
खजुरामा फलफूलका बिरुवा वितरण
जानकीले प्रहरीलाई दियो दैवी प्रकोप उद्धार सामग्री
जानकीले प्रहरीलाई दियो दैवी प्रकोप उद्धार सामग्री
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP