नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाको चौधौ नगर अधिवेशन सम्पन्न
कोहलपुर नगरपालिकाको चौधौ नगर अधिवेशन सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २५, २०८० बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाको चौधौ नगर अधिवेशन सम्पन्न

नेपालगञ्ज । कोहलपुर नगरपालिकाको चौधौ नगर अधिवेशन सम्पन्न भएको छ । आज नगरसभामा आयोजित चौधौ नगर अधिवेशनमार्फत चालू आर्थिक बर्षको अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । नगरसभामा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षा सहितको प्रतिवेदन पेश गरेकी थिइन् । नगरपालिका अन्तर्गत रहेका विभिन्न शाखागत प्रगतिहरु समेत प्रस्तुत गरेकी थिइन् । विभिन्न विषयगत शाखा अन्तर्गत नगरपालिकाले अपेक्षित उपलब्धि हासिल गरेको उनको भनाई थियो ।

नगरसभाले संशोधित बजेट योजना तथा कार्यक्रम बहुमतले पारित गरेको छ । विधायन समितिले कोहलपुर नगरपालिकाको बाङमय प्रतिष्ठान ऐनमा संशोधन गर्ने, शिक्षा ऐन संशोधन गर्ने प्रस्ताव पेश गरेकी थिइन् । उपप्रमुखले प्रस्तुत गरेका कार्यक्रम र विधायन समितिले प्रस्तुत गरेका दुई वटा ऐन संशोधन प्रस्तावमा विभिन्न राय सुझावसहित नगरसभाले बहुमतले पारित गरेको हो । यसैगरी नगरसभामा सभाध्यक्ष तथा नगर प्रमुख पूर्णप्रसाद आचार्यले विभिन्न विषयमाथि प्रस्ताव गरेका थिए । उनले अखिल नेपाल फुटबल संघको जग्गा भोगाधिकार माग सम्बन्धि सिफारिस सम्बन्धमा र  सिटिइभिटीका लागि जग्गा सिफारिस गर्ने सम्बन्धमा नगर सभामा प्रस्ताव पेश गरे । सिटिइभिटीका लागि जग्गा सिफारिस गर्ने सम्बन्धमा उनले बैजनाथपुर सामुदायिक वनले नगरपालिकालाई दिएको निवेदन सुनाए । उक्त प्रस्तावमा नगरसभा सदस्य तथा कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर रानाले सिटिइभिटीलाई आफ्नो वडाको सामुदायिक वनले पनि जग्गा दिन चाहेको बताएका थिए । उक्त प्रस्तावमा नगर प्रमुखले सो सम्बन्धमा आवश्यक प्रक्रिया पु¥याएर निष्कर्षमा जाने कुरा सुनाएका थिए ।  

नगरसभाको अवसरमा विभिन्न १४ वटा विषयसहित अन्य विविध विषयमा छलफल भएको थियो । नगरसभामा प्रस्तुत सम्पूर्ण विषय नगरसभाबाट पारित भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए । उनका अनुसार तत्कालका लागि नगरपालिकामा अत्यावश्यक रहेका विषयहरुमा नगरसभामा छलफल भएको थियो । नगरसभा सदस्यहरुबीच ती विषयमा छलफल भएर अधिकांश विषय पारित गरिएको नगर प्रमुख आचार्यले बताए । नगरसभामा माल्टासँग भगिनी सम्बन्ध कायम गर्ने, अधुरा ठेक्का तथा योजनाहरुको व्यवस्थापन, सवारी साधन खरिद्, कोहलपुर भ्यु टावर तथा बसपार्कको व्यवस्थापन, नगर कोषको ऋण भुक्तानी तथा बेरुजु फछ्यौट गर्ने लगायतका विषयमा व्यापक छलफल भएको थियो । नगरसभामा प्रस्ताव गरिएका १४ वटै विषयमा बहुमतले निर्णय भएको उनले बताए । कोहलपुर नगरपालिकाको चौधौ नगरसभामा नगरसभाका ६ जना सदस्यले विभिन्न विषयमा धारणा राखेका थिए ।  


प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP