prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • इ–रिक्सा व्यवस्थापनमा प्रतिबद्ध छौं, अवैधलाई प्रतिबन्ध गर्छौंः प्रशान्त विष्ट
इ–रिक्सा व्यवस्थापनमा प्रतिबद्ध छौं, अवैधलाई प्रतिबन्ध गर्छौंः प्रशान्त विष्ट
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २५, २०८० बागेश्वरी पोस्ट
इ–रिक्सा व्यवस्थापनमा प्रतिबद्ध छौं, अवैधलाई प्रतिबन्ध गर्छौंः प्रशान्त विष्ट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले इ–रिक्सा व्यवस्थापनमा प्रतिबद्ध भएर लागेको बताएका छन् । आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख विष्टले पूर्ण अवैध इ–रिक्सा गुड्न प्रतिबन्ध लगाउने बताए । नेपालगञ्जको सडकको मुख्य समस्या बनिरहेको इ–रिक्सा व्यवस्थापनका लागि निर्वाचित भएर आएदेखि नै दत्तचित्त भएर लागेको बताउँदै उनले सडक अस्तब्यस्त हुने, दुर्घटना बढ्ने, नियम कानुन विपरीत चलेका इ–रिक्सालाई नियमन गर्न गाह्रो हुने देखेर नेपालगञ्ज नगरमा आवश्यकता भन्दा धेरै इ–रिक्सा गुडिरहेको यथार्थलाई मनन गर्दै व्यवस्थापनमा जुटेको प्रष्ट पारे ।

May be an image of 3 people and text

आवश्यक प्रक्रिया नपु¥याएर नगरमा जथाभावी गुडिरहेका इ–रिक्साहरुको प्रभावकारी नियमनका लागि लामो समयदेखि काम हुँदै आएको उनको भनाई छ । "सबै सरोकारवालाहरुसंग पटक–पटक भएका छलफल र निष्कर्षपछि तय गरिएको कार्ययोजना अनुरुप हामी इ–रिक्सा व्यवस्थापनमा लागेका हौं," उनले भने-"जिल्ला प्रशासन, यातायात कार्यालय, प्रहरी, ट्राफिक प्रहरी, इ–रिक्सा सम्बद्ध संघसंस्थाका प्रतिनिधि लगायतसंग घनिभूत छलफल गरेर व्यवस्थापन र नियमनको मार्ग तय गरेका हौं । नगरमा अवैध तरिकाले गुडिरहेका इ–रिक्सालाई प्रक्रियामा ल्याउन चरण–चरणमा समय दिएका छौं ।" अद्यावधिक नभएका इ–रिक्सालाई अद्यावधिक गर्न, यातायात कार्यालयमा दर्ता गरी नेपालगञ्ज उपमहानगरपालिकामा सूचीकृत हुन पनि थुप्रै पटक सार्वजनिक सूचना जारी गरेको उनले बताए । 

नेपालगञ्ज उपमहानगरपालिकाले प्रक्रिया नपु¥याएर चलिरहेका इ–रिक्सा मंसिर १९ गतेदेखि नियन्त्रणमा लिन सुरु गरेको हो । इ–रिक्सा नियन्त्रणमा लिन सुरु गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरिएको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ–रिक्सा अद्यावधिक गर्न समय दिइएको उनको भनाई छ । "कुनै पनि कोणबाट वैधानिक सावित नहुने केही इ–रिक्सालाई हामीले पुनः प्रयोग गर्न नमिल्ने गरी स्क्र्याच गरेर (नष्ट) सम्बन्धित इ–रिक्सा चालक/धनीलाई फिर्ता दिएका छौं । इ–रिक्सामा लागेका ब्याट्री फिर्ता गरिदिएका छौं," उनले भने-"कुनै पनि किसिमले वैध सावित नहुने भागहरु कवाडमा विक्रिी गर्न सक्ने गरी सम्बन्धित व्यक्तिलाई बुझाइदिएका छौं । आवश्यक कागजात नभएका इ–रिक्साको प्राविधिक जाँच समेत गरेका छौं ।" उनका अनुसार यातायात कार्यालयका प्राविधिकमार्फत इ–रिक्सा धनी/चालककै अगाडि कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले/नमिलेको वा भए/नभएको प्राविधिक जाँच भएको छ । 

May be an image of 6 people, television and crowd

इ–रिक्सा नियन्त्रण अभियान चलिसकेपछि नेपालगञ्ज उपमहानगरपालिकाले हालसम्म ६३१ वटा इ–रिक्सा नियन्त्रणमा लिइएको छ । ती मध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि ५५५ इ–रिक्सा फिर्ता भएका छन् । अब अझै ७६ वटा इ–रिक्सा नियन्त्रणमै छन् । ती मध्ये केही इ–रिक्सा पूर्णरुपमा अवैध रहेको नगर प्रमुख विष्टको भनाई छ । "चेसिज नभएका, वेल्डिङ गरेका, भन्सारको कागजात नभएका, बिलविजक नभएका, कहिँकतैबाट वैध सावित नहुने ती इ–रिक्सा पुनः प्रयोग नगर्ने गरी फिर्ता गर्दैछौं । इ–रिक्सा व्यवस्थापन अभियानमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले सबैको सहयोग, सहकार्य र समन्वयको अपेक्षा गरेको छ," उनले भने । पत्रकार सम्मेलनमा नगर उपप्रमुख कमरुद्दिन राई र नगर प्रबक्ता प्रमोद रिजाल पनि उपस्थित थिए । 

May be an image of text


प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP