Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विद्यार्थीलाई 'सहकारी' पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका
विद्यार्थीलाई 'सहकारी' पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २६, २०८० बागेश्वरी पोस्ट
विद्यार्थीलाई 'सहकारी' पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गत बर्षदेखि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । सहकारीका विषयमा विद्यालयस्तरका बालबालिकालाई जानकारी गराउँदै सहकारी अभियानलाई प्रभावकारी बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको सहकारी शाखा प्रमुख प्रविन रानाले बताए ।

गत बर्ष चार वटा विद्यालयमा पुगेर माध्यमिक तहका विद्यार्थीलाई सहकारीबारे सिकाएको सहकारी शाखाले यसपटक नगरका १६ वटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थीलाई एकै ठाउँमा राखेर सहकारी अवधारणाबारे बोध गराएको रानाले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका कक्षा ९-१२ मा अध्ययनरत विद्यार्थीहरुलाई सहकारीको अवधारणाबारे बोध गराउने उद्देश्यले विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

May be an image of 6 people and table

कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र अधिकारी, नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्र धमला र नेपालगञ्ज उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख रानाले विद्यार्थीलाई प्रशिक्षित गरेका थिए । समाजमा सहकारी अभियानबारे बढ्दो अविश्वास र नकारात्मक धारणालाई चिर्दै समाजमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सहकारी धारणाबारे बोध गराउन खोजेको रानाले बताए ।

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले सहकारीको महत्वबोध गराउन कार्यक्रम सञ्चालन गरेको बताए । सरकारले राष्ट्रको आर्थिक विकासका तीन खम्बा मध्येको एक खम्बाका रुपमा सहकारीलाई स्वीकारिसकेको बताउँदै उनले सहकारी अभियानलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेको उल्लेख गरे । नीति नियम र कानुन बमोजिम सहकारी चल्नुपर्नेमा जोड दिँदै पुनले केही स्वार्थ समूहका कारण सहकारीमाथि आशंका देखिएको बताए ।

समापन कार्यक्रममा कार्यपालिका सदस्य संगिता रेग्मी, सहकारी शाखाकी तुलसा पन्थी आचार्य लगायत उपस्थित थिए । त्यस क्रममा सहभागीका तर्फबाट शेरबहादुर चलाउने, झक्क भण्डारीले सहकारीबारे आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको बताए । 

May be an image of 13 people


प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP