नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीको १४औं अधिवेशन सम्पन्न
राप्तीसोनारीको १४औं अधिवेशन सम्पन्न
९ वटा ऐन र कार्यविधि पारित, गाउँ प्रहरी राख्ने बाटो खुल्यो
बागेश्वरी पोस्ट
बिहीबार, पुस २६, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारीको १४औं अधिवेशन सम्पन्न

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिका गाउँसभाको १४औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले ९ वटा ऐन तथा कार्यविधि पारित गरेको छ । विधायन समिति संयोजक रामलखन थारुले दुई वटा ऐन र ७ वटा कार्यविधि सभामा पेश गरेका थिए । गाउँ प्रहरी ऐन २०८० र कर्मचारी व्यवस्थापन ऐन २०८० उनले सभामा पेश गरे । त्यसैगरी क्याम्पस कोष संचालन कार्यविधि २०८०, पूर्वाधार आयोजना संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, राप्तीसोनारी मर्मत सम्भार कोष संचालन कार्यविधि २०८०, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत प्रमाणपत्र सम्वन्धि कार्यविधि २०८०, राप्तीसोनारी गाउँपालिका अनुदान सम्वन्धि कार्यविधि २०८०, राप्तीसोनारी गाउँपालिका विभिन्न वर्ग आवास कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यविधि २०८० र फिल्डमा काम गर्ने प्राविधिक कर्मचारी परिचालन कार्यविधि पनि उनले पेश गरे ।

प्रस्तुत ऐन र कार्यविधिमा गाउँसभा सदस्य कमला विक र छविलाल कामीले सुझावसहितको टिप्पणी राखेका थिए । त्यसबाहेक अन्य कसैले विमति नजनाएपछि सभाध्यक्ष समेत रहेका पालिका अध्यक्ष तप्तबहादुर पौडेलले पारित भएको घोषणा गरे । १२औं र १३औं गाउँसभाले ४० वटा ऐन र कार्यविधि पारित गरेको थियो । स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेका अझै ३२ वटा ऐन, कार्यविधि, मापदण्ड र निर्देशिकाहरु कार्यपालिका बैठकले पारित गरिसकेको छ । त्यसैमध्यबाट १४औं गाउँसभाले ९ वटा ऐन र कार्यविधि पारित गरेको हो । अब गाउँपालिकालाई गाउँ प्रहरी राख्ने बाटो खुलेको छ ।

गाउँसभामा उपाध्यक्ष मनिषासिंह थारुद्वारा प्रस्तुत आर्थिक ऐन २०८० मा प्रथम संशोधन प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ । त्यसैगरी सुशासन समिति संयोजक शालिकराम डाँगीद्वारा प्रस्तुत सुशासन समितिको प्रतिवेदन र लेखा समिति संयोजक केशवराज दमाईद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पनि गाउँसभामा सर्वसम्मत पारित भएको छ । गाउँसभालाई सम्वोधन गर्ने अधिकांश गाउँसभा सदस्यहरुले पालिकाको सम्बृद्धिका लागि सबैको एकता जरुरी रहेको औंल्याएका थिए । उनीहरुले विकासलाई समानुपातिक ढंगबाट लैजान सके पालिका सम्बृद्ध बन्ने उद्घोष गरेका थिए । गाउँपालिकाका अध्यक्ष पौडेलले सवैको समन्वय र सहकार्यबाटै अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सुशासन र पारदर्शिता कायम गर्दै पालिकाका कार्यक्रमहरु अघि बढिरहेको उल्लेख गरे ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष थारु, वडा नम्बर १ का अध्यक्ष यमबहादुर खड्का, वडा नम्बर ३ का अध्यक्ष मिनकुमार चौधरी, ४ का अध्यक्ष मिनराज खड्का, ५ का अध्यक्ष झगरु थारु, ६ का अध्यक्ष लवराज खरेल, ७ का अध्यक्ष रामलखन थारु, ८ का अध्यक्ष शालिकराम डाँगी र ९ का अध्यक्ष सोहनलाल थारुले आ-आफ्नो धारणा व्यक्त गरेका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।


प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २०:०९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP