prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कृषि सामग्री प्रबद्र्धन गर्न शम्शेरगञ्जमा कृषि मेला
कृषि सामग्री प्रबद्र्धन गर्न शम्शेरगञ्जमा कृषि मेला
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २७, २०८० बागेश्वरी पोस्ट
कृषि सामग्री प्रबद्र्धन गर्न शम्शेरगञ्जमा कृषि मेला

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ शम्शेरगञ्जमा कृषि मेला गरिएको छ । नेपाल बीउ तथा मल परियोजना एनसाफको आयोजना र राप्तीसोनारी गाउँपालिका, उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रको सहकार्यमा अमेरिकी सहयोग युएसएआइडीको सहयोगमा सिमिटले मेला गरेको हो ।

मेलाको उद्घाटन गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गरेका थिए । मेलामा सहभागी लुम्विनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले कृषिलाई व्यवसायिक गराउन आवश्यक रहेको औंल्याइन् । कृषिलाई व्यवसायिक नगराउँदासम्म किसानहरुले भने जस्तो प्रतिफल लिन नसक्ने उनको भनाइ थियो । बजारमा उपलब्ध गुणस्तरीय कृषि सामग्रीहरु बीउ, मल, बाली संरक्षण, सिंचाइँ, कृषि उपकरणमा किसानको सहज पहुँच स्थापित गर्न मेलाले राम्रो सन्देश दिएको सहरी विकास मन्त्री नमुनाको भनाइ थियो । उनले कृषि तथा रोजगारका क्षेत्रमा सक्दो काम गर्ने प्रतिबद्धता जनाइन् । 

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले कृषि उत्पादनलाई व्यवसायिक बनाउने योजनाका साथ पालिकाले काम गरिरहेको बताए । उनले पालिकाले व्यवसायिक र प्रविधिमैत्री कृषि प्रणालीलाई बढवा दिइरहेको बताए । ‘राप्तीसोनारी गाउँपालिकामा यस्तो मेला पहिलो पटक आयोजना गरियो, यसले व्यवसायिक र प्रविधिमैत्री कृषि प्रणालीबारे किसानलाई जागरुक बनाउने काम गरेको अनुभूति भएको छ,' उनले भने–‘यसले राप्तीसोनारीलाई कृषिमा आत्मनिर्भर बनाउनका निमित्त सकारात्मक सन्देश प्रवाह गर्ने काम गरेको छ ।’

उनले राप्तीसोनारीमै कृषि वीउविजनमा काम गर्दै आएका आधा दर्जन बढी सहकारी समेत रहेकाले कृषि मेलाले ती सहकारीहरुको क्षमता अभिवद्धि र वीउविजन प्रचारमा सघाउ पुर्याउने उनको भनाइ छ । राप्तीसोनारी गाउँपालिकाले किसानलाई जोड्ने गरी काम गरिरहेको पनि उनको भनाइ छ । कृषि शाखा तथा सहकारीमार्फत किसानलाई रासायनिक मल, वीउविजन, सिंचाईदेखि प्राविधिक सहयोग गर्दै आएको पनि उनले बताए । उनले किसानको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमसँगै सामुहिक खेती प्रणालीतर्फ उनीहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम पनि पालिकाले गर्दै आएको उनले बताए । उनले कृषि उत्पादनलाई व्यवसायिक बनाउन पालिकाले खोजिरहेको पनि बताए ।

परियोजनाका म्यानेजर डा.नारायणप्रसाद खनालले किसानलाई गुणस्तरीय कृषि सामाग्रीको पहुँच बढाउन मेला आयोजना गरिएको बताए । उनले बाझो जमिन राख्न नहुने सन्देश प्रवाह गर्न पनि मेला उपयोगी हुने धारणा व्यक्त गरे । ‘हिउँदेवाली भित्र्याएपछि करिव २ लाख हेक्टर जमिन बाँझो रहन्छ,' उनले भने–‘यो बीचमा बाझो जमिनमा बसन्ते खेतीबाट किसानलहरुले कसरी लाभ लिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि मेला आयोजना गरिएको हो ।’ कृषिलाई व्यवसायिककरण गर्नका निमित्त आवश्यक पर्ने, वीउविजन, मल, कृषि उपकरण, कृषि वीमालगायतका बारेमा किसानहरुले मेलाबाट जानकारी लिएको पनि उनले बताए ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, वडा नं.८ का वडा अध्यक्ष शालिकराम डाँगीको समेत सहभागिता रहेको थियो । बाँके, बर्दिया, काठमाडौं, भैरहवा लगायतका जिल्लाबाट नेपाल कृषि अनुसन्धान परिषद्, कृषि ज्ञान केन्द्र, एग्रिकल्चर टेक्नोलोेजी प्राइभेट लिमिटेड, विभिन्न जिल्लाबाट वीउ उत्पादक कम्पनी तथा सहकारी, फिड मिल, एग्रोभेट, मेसिनरी सप्लायर्स, बैंक, इन्सोरेन्स कम्पनी, किसान लगायतको सहभागिता रहेको थियो । मेलामा २२ वटा स्टल थिए ।


प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP