prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १४औं अधिवेशन सम्पन्न
नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १४औं अधिवेशन सम्पन्न
RSG-2
चालू आर्थिक बर्षको हालसम्म ५४ प्रतिशत राजश्व संकलन
बागेश्वरी पोस्ट
शनिबार, पुस २८, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १४औं अधिवेशन सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १४औं अधिवेशन आज सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरसभाको १४औं अधिवेशनको पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत एवम् सभा सचिव ओमबहादुर खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको अधिवेशनमा नगर उपप्रमुख कमरुद्दिन राईले प्रगति विवरण सभासमक्ष प्रस्तुत गरेका थिए । नगरसभाको उद्घाटनसत्रमा नगर सभा सदस्य एवम् प्रबक्ता प्रमोद रिजाल, नगरसभा सदस्यहरु राजकुमार साहु, दीपककुमार बर्मा, गोपाल पुन, कौशलकुमार धोबी र मनोजकुमार श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । 

nepalgunj 081-082

No description available.

नगर प्रमुख विष्टले नगरसभाको एजेण्डा प्रस्तुत गरेका थिए । विष्टले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक बर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका चालू आर्थिक बर्षमा सञ्चालन हुने थप योजनाहरु स्वीकृति, फोहरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको नियमन सम्बन्धमा स्वीकृतिका लागि प्रस्ताब पेश गरेका थिए । ती प्रस्ताबहरु सर्वसम्मतिले पारित भएका छन् । अधिवेशनको खुला छलफलमा नगरसभा सदस्यहरु बर्मा, नन्दकिशोर कश्यप, सराफत खाँ, चक्रबहादुर बुढा, दिग्विजय ढुंगाना, अरुणकुमार मिश्र र विनोदकुमार रस्तोगीले बोलेका थिए । नगरसभामा ज्ञात अज्ञात सहिद तथा शुक्रबार राती नेपालगञ्जबाट काठमाण्डौ जाने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा निधन भएकाहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । उद्घाटन सत्रको सञ्चालन बरिष्ठ अधिकृत खिमानन्द अर्यालले गरेका थिए । नगरसभामा २३ वटै वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, २३ वटै वडाका वडा सदस्य, नेपालगञ्ज उपमहानगरपालिकाका सम्पूर्ण शाखा तथा महाशाखाका प्रमुख एवम् कर्मचारीहरु उपस्थित थिए । 

No description available.

नगरसभामा नगरको अर्धबार्षिक प्रगतिको समीक्षा पनि गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षको हालसम्म ५४ प्रतिशत राजश्व संकलन गर्न सफल भएको जनाएको छ । अधिवेशनमा प्रस्तुत प्रगति विवरणमा आन्तरिक राजश्वतर्फ १९ करोड अनुमानित आय रहेकोमा हालसम्म १० करोड २७ लाख ४१ हजार रुपैयाँ संकलन भएको जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षमा चालूतर्फ ३२.७ प्रतिशत, पूँजीगततर्फ १३.४२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४३.८१ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ । भुक्तानी प्रक्रियालाई सहज र पारदर्शी बनाउने उद्देश्य अनुरुप इएफटीमार्फत सम्बन्धित खातामा नै भुक्तानी गर्ने व्यवस्था, घरदेखि अस्पतालसम्म २४ घण्टे निःशुल्क सञ्चालित एम्बुलेन्स सेवामार्फत हालसम्म २५० जना लाभान्वित, स्थानीय पाठ्यपुस्तक निर्माण र कार्यान्वयन, सूचना प्रविधिमैत्री शिक्षण सिकाई, बालविवाहमुक्त उपमहानगरपालिका दिगोपनाका लागि निरन्तर अभियान सञ्चालन, सहकारी अनुगमन, बजार अनुगमन, इएफटीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बागेश्वरी मन्दिर परिसरमा साप्ताहिकरुपमा सन्ध्याकालीन महाआरती सञ्चालन गरिएको प्रगति विवरणमा उल्लेख छ । 

No description available.

प्रगति विवरणमा सहरका मुख्य सडकको निरन्तर सरसफाई, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन प्रभावकारीरुपमा सञ्चालन, वडा नम्बर ३ र ७ मा समुदायस्तरमा आगलागी, भूकम्प लगायत विपदका विभिन्न स्वरुपसम्बन्धि पूर्व घटना अभ्यास, कमजोर भौतिक संरचनाको प्रबलीकरण, आपतकालीन कार्यसञ्चालन निर्देशिका २०८०, विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, व्यवसायिक निरन्तरता योजना २०८०, विपद जोखिम बीमा सम्बन्धि कार्यविधि २०८० र नगर विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० निर्माण भई कार्यान्वयनमा रहेको जनाइएको छ । १०८ फिट अग्लो हनुमानको मूर्ती, बागेश्वरी मन्दिरमा जुंगे महादेवको मन्दिर तथा पुल स्तरोन्नति लगायतका कामहरु निर्माणको चरणमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

No description available.

तरकारीको पकेट र च्याउ पकेटको निरन्तरता दिई ५० प्रतिशत अनुदानमा २५ मेट्रिक टन गहुँ कृषकहरुलाई उपलब्ध गराइएको, सडक सुरक्षा व्यवस्थापन अन्तर्गत छाडा पशुचौपायाका लागि राप्तीसोनारी गाउँपालिकासंग सम्झौता गरी काञ्जीहाउसमा पठाउने कार्यको सुरुवात भएको, फुटपाथ र इ–रिक्सा व्यवस्थापन कार्यको काम अगाडि बढेको, वाटरपार्कमा साइकल पथ ट्रयाक निर्माण कार्य सुरुवात गरिएको, डिजिटल घर नम्बर प्रणालीको काम सुरु भएको, मुख्य चोकहरुको शालिक मर्मत, रंगरोगन र चोक सरसफाईको काम गरिएको, मुख्य र भित्री नाला सफाई गरिएको, फोहोरमैला व्यवस्थापनका लागि सचेतना प्रबद्र्धन र जरिवाना अभियान थालिएको, नेपालगञ्ज नाकाको प्रवेशद्वार रंगरोगन, सौन्दर्यकरण तथा राष्ट्रिय झण्डा फहराइएको, डिजिटलाइजेशनलाई अभियानकै रुपमा अगाडि बढाइएको लगायतका प्रगति अधिवेशनमा प्रस्तुत गरिएको थियो । 

No description available.
 


प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा बाँकेमै पहिलोपटक ई-पालिका सेवा सुरु
बैजनाथमा बाँकेमै पहिलोपटक ई-पालिका सेवा सुरु
खजुरामा फलफूलका बिरुवा वितरण
खजुरामा फलफूलका बिरुवा वितरण
जानकीले प्रहरीलाई दियो दैवी प्रकोप उद्धार सामग्री
जानकीले प्रहरीलाई दियो दैवी प्रकोप उद्धार सामग्री
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP