नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु टिकापुरबाट पक्राउ
बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु टिकापुरबाट पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ४, २०८० बागेश्वरी पोस्ट
बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु टिकापुरबाट पक्राउ

सुर्खेत । सुर्खेतमा आफ्नै बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि सुर्खेत प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

बहिनीमाथि बलात्कार भएको थाहा पाएपछि दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गत असोजमै जाहेरी दिएका थिए । बहिनीमाथि बलात्कार भएको बारे प्रहरीमा जाहेरी दिएका दाजुको गत सोमबार राति घर नजिकै हत्या भएको छ । उनको घर नजिकैको बाख्रा गोठ छेउँमा हत्या भएको अवस्थामा शव फेला परेको सुर्खेत प्रहरीले जानकारी दिएको छ । उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको  छ भने पीडित बहिनी घाइते अवस्थामा फेला परेकी थिइन् । उक्त घटना पश्चात प्रहरीले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

यस घटनाका विषयमा सुर्खेत प्रहरीले प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सई नारायण शर्मा र इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक विनोद सुवेदीले अनुसन्धान टोली गठन गरी अनुसन्धानका लागि खटाएको छ ।

हत्या घटनामा अनुसन्धान गरिरहेको प्रहरीको टोलीले आज बिहान बाबुलाई साढे १० बजे कैलालीको टीकापुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

गत असोजमा बाबुले छोरीमाथि बलात्कार गरेको र घटनाबारे बहिनीले आफ्नै दाजुलाई जानकारी गराएपछि दाजुको हत्या भएको हुन सक्ने देखिएकोले प्रहरीले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

सुर्खेत प्रहरीका अनुसार बुवाले आफूमाथि बलात्कार गरेको भनेर बहिनीले दाजुलाई भनेपछि उक्त घटनाका बारेमा दाजुले प्रहरीमा जाहेरी दिएको र बाबुले छोरालाई  प्रहरीमा किन जाहेरी दिएको भन्दै छोराको हत्या गरेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

घटनाको जाहेरी दिएको कारण दाइको हत्या र  पीडित बहिनीको हत्या प्रयास भएको हुन सक्ने सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक र उनकी बहिनी मात्रै घरमा  बस्ने गरेको र बाबु भारतमा बस्दै आउँदा  गत असोजमा भारतबाट घर आएका बाबुले आफ्नै छोरीमाथि बलात्कार गरेको जाहेर परेको प्रहरीले बताएको छ । 

छोराले प्रहरीमा जाहेरी दिएपछि  बाबु तत्काल भारत गएका थिए । प्रहरीले गरेको खोजतलासमा बाबु केही दिन अघि नेपाल फर्केर कैलालीमा रहेको जानकारी पाएपछि सुर्खेतबाट प्रहरी र कैलाली प्रहरीको टोलीले आज पक्राउ गरेको हो । यस बारेमा सुर्खेत प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ । प्रहरीका अनुसार बाबु भारतबाट आएर सोमबार नै छोराको हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

 


प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP