नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पत्रकारमाझ चौधरीले भने-'डुडुवाले मुलुकमै केही फरक र उत्कृष्ट काम गरेको छ'
पत्रकारमाझ चौधरीले भने-'डुडुवाले मुलुकमै केही फरक र उत्कृष्ट काम गरेको छ'
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ५, २०८० बागेश्वरी पोस्ट
पत्रकारमाझ चौधरीले भने-'डुडुवाले मुलुकमै केही फरक र उत्कृष्ट काम गरेको छ'

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले डुडुवाले मुलुकमै केही उत्कृष्ट र फरक काम गरेको बताएको छन् । गाउँपालिका कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले डुडुवाले उत्कृष्ट र फरक काम गरेको भएपनि मिडियाले खासै 'क्यारी' नगरेको भन्दै गुनासो समेत पोखे ।

अध्यक्ष चौधरीले पशु सेवा, स्वास्थ्य, बालिका बीमा लगायतका क्षेत्रमा उत्कृष्ट काम भएको दाबी गरे । दोस्रो कार्यकालमा पनि अध्यक्ष निर्वाचित भएर काम गरिरहेका चौधरीले जनतालाई केन्द्रविन्दुमा राखेको बताए । आफ्नो काम देखेर प्रतिपष्र्धी र विपक्षीहरु आत्तिएको दाबी गर्दै उनले निराधार आरोप लगाएर बद्नाम गर्न खोज्नेहरुलाई आरोप पुष्टि गर्न चुनौती दिए ।

चौधरीले गाउँसभामा अनुपस्थित भएर कार्यपालिका सदस्यहरुले बन्धक बनाउन खोजे पनि आफूले संवादमार्फत समाधान खोज्ने बताए । जनतालाई मालिक भनेर सम्बोधन गरेका चौधरीले मालिकहरुले खोेजेको काम आफूहरुले गर्न पाउने कि नपाउने भनी प्रश्न समेत गरेका थिए । 

यस्तो छ अध्यक्ष चौधरीले पत्रकार भेटघाटमा प्रस्तुत गरेको चालू आर्थिक बष २०७९/८० पुस मसान्त सम्मको प्रगति विवरण
 
१. गाउँपालिकाबाट संचालित घर–घर स्वास्थ्य कार्यक्रमबाट वडा नम्बर १ देखि ६ सम्मका सम्पूर्ण नागरिकहरुलाई घर–घरमा सामान्य स्वास्थ्य परिक्षण र करिब ४२०४६ जनालाई स्वास्थ्य सेवा कार्ड प्रदान गरिएको छ । 
२. गाउँपालिकाबाट संचालित स्वास्थ्य प्रयोगशाला कार्यक्रममा बेतहनीको स्वास्थ्य प्रयोगशालाबाट १६२१ जना, हिरमिनियाको स्वास्थ्य प्रयोगशालाबाट २३७८ जना, कम्दी स्वास्थ्य प्रयोगशालाबाट ७२६ जना गरी करिब ४७२५ जनालाई स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरिएको
३. गाउँपालिकाबाट संचालित जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रममा सबै वडाका जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण, सामान्य प्रयोगशाला (मलेरिया, मघुमेह) सेवा घर–घरमा स्वास्थ्यकर्मीबाट करिब ५३४ जनालाई सेवा प्रदान गरिएको 
४. गाउँपालिकाबाट संचालित बर्थिंङ्ग सेन्टर बेतहनी स्वास्थ्य चौकीमा २०० जना, बनकट्टी स्वास्थ्य चौकीमा ७५ जना, हिरमिनिया स्वास्थ्य चौकीमा ११९ जना र कम्दी स्वास्थ्य चौकीमा ७० जना गरी ४६४ जनालाई सेवा प्रदान गरिएको 
५. गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुबाट बहिरङ्ग (ओ.पि.डी.) सेवा २५५१२ जनालाई सेवा प्रदान गरिएको  
६. गाउँपालिकाको सबै वडा कार्यालय, स्वास्थ्य चौकी र मा.वि. स्कूलहरुमा इन्टरनेट सहित इन्टरकम र सी.सी.टी.भी. क्यामरा जडान भई डिजिटल प्रणालीमार्फत कार्य सम्पदानको निगरानी भइरहेको  
७. गाउँपालिकाको कृषि विकास शाखाबाट कृषि सहकारी/कृषक समूह र कृषकहरुलाई किटनाषक तथा ढुसीनाषक बिषादी ५४७ जनालाई निःशुल्क वितरण गरिएको 
८. गाउँपालिकाको कृषि विकास शाखामा ११ वटा व्यवसायिक कृषकहरुको कृषक समूह दर्ता गरिएको 
९. गाउँपालिकाबाट संचालित बहुबर्षिय आयोजना अन्तर्गत डुडुवा –६ मा निर्माणाधीन शित भण्डारण गृह (कोल्ड स्टोर) को भौतिक प्रगति ५५ प्रतिशत भएकोले यसै बर्ष कार्य सम्पन्नमा जोड दिई संचालन ल्याइने 
१०. गाउँपालिकाबाट संचालित घर–घर पशु स्वास्थ्य कार्यक्रमबाट पशुपालक कृषकहरुको घरमा स्थलगत २४३५० पशुपन्छीलाई निःशुल्क उपचार गरिएको   
११. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट गाई÷भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान ७२१ पशुमा गरिएकोमा करिब ४३३ पशुहरुमा सफल भएको 
१२.गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको (गोरु/बोका) करिब ७५३ पशुहरुलाई बन्ध्याकरण गरिएको  
१३. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट संचालित पशु प्रयोगशालाबाट ९९१ जना कृषकहरुको गोबर परिक्षण गरी सेवा प्रदान गरिएको  
१४. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको करिब ८८ पशुपन्छीमा रेबिज बिरुद्ध खोप सेवा प्रदान गरिएको  
१५. नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १४२३ पशुहरुको निःशुल्क उपचार गरी रोग निको भएको 
१६. नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १८०० पशुहरुमा रोग बिरुद्धको खोप सेवा प्रदान गरिएको 
१७. गाउँपालिबाको पशु सेवा स्वास्थ्य शाखाबाट संचालित आन्तरिक तथा बाह्य परजिबी नियन्त्रण कार्यक्रम अन्तर्गत घर–घरमा गई स्थलगत पशुपालन गरेका करिब ५८७८ घरधुरीमा सेवा प्रदान गरिएको 
१८. गाउँपालिकाबाट संचालित ७५ वटा बालविकास केन्द्रमा स्थलगत अनुगमन/निरिक्षण गर्दा २६ वटा राम्रो, २७ वटा मध्यम र २२ सुधार गर्ने आवस्थामा देखिएको
१९. गाउँपालिका कार्यक्षेत्र भित्र रहेका मा.वि.,आधारभूत विद्यालयहरुमा स्थलगत अनुगमन/निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९५ प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ७० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने 
२०. गाउँपालिका कार्य क्षेत्रभित्र रहेका धार्मिक मदरसा/गुरुकुल विद्यालयहरुमा स्थलगत अनुगमन/निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९० प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ५० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने 
२१. गाउँपालिका कार्य क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरुमा बिद्यार्थीहरुलाई नैतिक शिक्षा (ढोग, सलाम,नमस्ते) संस्कार लागू गरिएकोमा प्राम्भिक प्रगति करिब ४० प्रतिशत भएको देखिएको 
२२.गाउँपालिकाबाट संचालित डुडुवा–२ को अमृतपूर्वादेखि रामनगरपाझा सम्म पि.सि.सि. बाटोको भौतिक प्रगति ७० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने 
२३. गाउँपालिकाबाट डुडुवा–२ को पशुपति मा.वि.मा ९ कोठे भवन निर्माणको भौतिक प्रगति ४० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने 
२४. गाउँपालिकाको संस्कृति पर्यटनका लागि डुडुवा–२ को रामनगरपाझामा शिवको प्रतिमा स्थापना गर्न सम्भाब्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने 
२५. पशु स्वास्थ्य सेवा लिन वितरण गरिएको कार्ड हराएमा रु. १००।– दस्तुर बुझाई नयाँ कार्ड लिन सक्ने ब्यवस्था गरिएको 
२६. जग्गा व्यवस्थापन कार्यक्रम अन्तर्गत जग्गा नाप नक्सा गर्नका लागि प्रति कित्ता रु. २००।– दस्तुर बुझाई सेवा लिन सक्ने व्यवस्था गरिए अनुरुप २०८० साउनदेखि हालसम्म ६५ जनाको ९० कित्ता जग्गा नाप जाँच गरिएको 


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २१:०२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP