नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीको डीएसपीमा बढुवा हुन विपद् व्यवस्थापनमा 'पोस्ट ग्र्याजुयट डिप्लोमा' हुनैपर्ने
सशस्त्र प्रहरीको डीएसपीमा बढुवा हुन विपद् व्यवस्थापनमा 'पोस्ट ग्र्याजुयट डिप्लोमा' हुनैपर्ने
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ ६, २०८० बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीको डीएसपीमा बढुवा हुन विपद् व्यवस्थापनमा 'पोस्ट ग्र्याजुयट डिप्लोमा' हुनैपर्ने

काठमाडौँ । सशस्त्र प्रहरी बलमा अबदेखि सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर ) बाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुन अनिवार्य विपद् व्यवस्थापनमा  पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एन्ड डिसएष्टर म्यानेजमेन्ट  गरेकै हुनुपर्ने भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औँ स्थापना दिवसको अवसर पारेर शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो कुरा बताउँदै  एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षा बेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली परिचालन हुने गरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता राजेन्द्र खड्काले बताए। त्यसै गरी विपद्जन्य घटनामा तत्काल परिचालन हुने गरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । 

विपद् व्यवस्थापनको काममा तत्काल परिचालन गर्नका लागि ती बेस स्थापना गरिएको पनि प्रवक्ता खड्काले बताए। बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बेलले प्रतिआतंकवाद उपशाखा स्थापना गरी काम शुरु गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न सो सम्बन्धी डेस्क नै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खडकाले बताए ।

उनले भने, ‘बदलिँदो सुरक्षा चुनौतीको आङ्कलन गरेर प्रतिआतंकवाद उपशाखा स्थापना गरी कार्य सञ्चालन गरिएको छ । त्यसै गरेर सोसल मिडिया मोनिटरिङ डेस्कको स्थापना गरी सामाजिक सञ्जालको दुरुपयोगलाई निरुत्साहित गरिएको छ । साथै साइबर डकेस् समेत स्थापना गरिएको छ । त्यसले कतिपय अवाञ्छित क्रियाकलापहरूलाई रोकथाम गर्ने र त्यसलाई कारबाहीको समेत दायरामा ल्याउने गरेर ५०/६० जना मान्छे त कारबाहीमा पनि परिसकेका छन् । हाम्रो पनि, बाहिर सिभिलियन पनि । अर्को विपद्जन्य घटनामा तुरुन्तै सशस्त्र प्रहरी बल परिचालन होस भन्ने हेतुले अहिले हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस भनेर हामीले व्यवस्था गरेका छौं । त्यहाँ विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीसहित मान्छेहरू, हाम्रा कर्मचारीहरू ट्वान्टी फोर आवर तयारी अवस्थामा हुन्छन् । र, उनीहरूले गएर तुरुन्तै त्यस्ता कामहरूको तत्काल व्यवस्थापन गर्ने गर्दछन् । त्यसै गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि यही गत हप्ताबाट मात्रै सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा एउटा सुरक्षा बेस ३० जनाको टोली रहने गरी त्यो स्थापना गरिएको छ । एयरपोर्टमा समेत सशस्त्र प्रहरी बल परिचालन गरिएको अवस्था हो ।’

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र सीमा सुरक्षाका लागि विशिष्ट कृत जनशक्ति तयार पार्नका लागि काठमाडौंको माता तीर्थमा पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एन्ड डिसएष्टर म्यानेजमेन्ट स्टडिज प्रोग्राम नै सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी बलका अधिकृतहरूको बढुवाका लागि सो कोर्सलाई अनिवार्य उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था समेत गरिएको पनि बलका प्रवक्ता खड्काले बताए । त्यसै गरी सशस्त्र प्रहरी बलले वातावरणमैत्री कार्यक्रम अन्तर्गत आन्तरिक रूपमा प्लास्टिकका सामग्रीहरूको प्रयोगमा सकेसम्म रोक लगाउने नीति पनि लिएको छ ।

प्रवक्ता खड्काले भने, ‘यो विपद् व्यवस्थापनको क्षेत्रमा अनुसन्धान बढाएर अलि स्पेस्लाईज्ड म्यान पावर तयार गर्नका लागि विशेष सीमा र विपद्लाई फोकस गरेर पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एन्ड डिसएष्टर म्यानेजमेन्ट स्टडिज सञ्चालन गरिएको छ । जसलाई बढुवा हुनका लागि अनिवार्य तालिमको रूपमा राखिएको छ । त्यो माता तीर्थमा शुरु भइसकेको छ । त्यसलाई हामीले इन्स्पेक्टर डीएसपी हुनका लागि अनिवार्य तालिमको रूपमा विकास गरेका छौं । यसले गर्दा सीमा क्षेत्रमा खटिने र विपद्मा खटिने व्यक्तिहरूको सैद्धान्तिक र व्यवहारिक ज्ञानको दायरा अझ फराकिलो हुन्छ भन्ने सङ्गठनले अपेक्षा लिएको छ । अब हरेक युनिटहरूलाई वातावरणमैत्री बनाउन सशस्त्र प्रहरी कर्मचारीहरूले सकेसम्म प्लास्टिकका बोतल समेत हामीले यहाँ हेडक्वाटरमा मा त युज नगर्ने भनिसकेका छौं । बरु जगमा पानी खाने, गिलास ल्याउने भनेर त्यो बोतललाई पनि हामीले निरुत्साहित गरेका छौं । प्लास्टिकका फूलहरू किन्न पनि हामीले प्रतिबन्ध नै लगाएका छौं ।’

सबै प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पतालको व्यवस्था गरिएको पनि पत्रकार सम्मेलन जानकारी दिइएको छ । प्रवक्ता खड्काले फिल्डमा खटिएका सशस्त्र प्रहरीहरूलाई सोही ठाउँमा उपचारको व्यवस्था हुने गरी ती अस्पतालहरू पनि सञ्चालनमा ल्याउनुपरेको बताए ।

 


प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP