prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जबाट रासस अवधि भाषा समाचार सेवा शुरू
नेपालगञ्जबाट रासस अवधि भाषा समाचार सेवा शुरू
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ ७, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जबाट रासस अवधि भाषा समाचार सेवा शुरू

नेपालगञ्ज । राष्ट्रिय समाचार समिति (रासस) ले ‘अवधि समाचार सेवा’ औपचारिक रुपमा आजदेखि नेपालगञ्जबाट सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कम्प्युटरमा माउस क्लिक गरेर समाचार सेवाको सुभारम्भ गरे । 

nepalgunj 081-082

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख विष्टले अवधि भाषीको मिडिया कन्टेन्टका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी दिँदै आफ्ना भाषा, कला संस्कृतिको संरक्षण गर्नका लागि यस्ता प्रयास फलदायी हुने बताए । उनले अवधि भाषाको संरक्षण र विकासका लागि  स्थानीय सरकारले पहल गरेको उल्लेख गर्दै अवधि भाषाभाषीको संरक्षणले नेपालगञ्जको परिचय दिने बताए । नगर प्रमुख विष्टले भने, 'जसले नपाली भाषा बुझ्नुहुँदैन उहाँहरुले आफ्ना मातृ भाषाबाट समेत लाभ लिन सक्नुहुनेछ ।’ अवधि भाषा र साहित्यको जगेर्ना गर्न स्थानीय सरकार समन्वय र सहकार्य गर्न तयार भएको उल्लेख गरे । 

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मातृ भाषाको विषय समावेशी र संघीयता कार्यन्वयनसँग जोडिएको विषय भएको जानकारी दिँदै अवधि भाषा समाचार सेवाका कन्टेन्ट स्थानीय मिडियाले प्रयाग नगरे त्यसको अर्थ नहुने बताए ।  उनले मातृभाषाको समाचार सेवासँग समाजलाई जोड्नुपर्ने तर्क गर्दै मिडियाले बहुलवादलाई ध्यानमा नराखेको तर राससले त्ससलाई ध्यानमा राखेर काम गर्न खोजेको बताए । अध्यक्ष झाले पहिलोपटक अवधि समाचार सेवा सुरुवात गर्न उपमहानगरले देखाएको अग्रसरताप्रति धन्यवाद व्यक्त गर्दै सम्वन्धित भाषामा मिडिया कन्टेन्ट पाउनका लागि समाचार सेवा सहयोगी हुने विश्वास व्यक्त गरे । उनले यही चैतभित्र भोजपुरी भाषामा पनि समाचार सेवा सञ्चालनको तयारी भएको जानकारी दिए । 

राससका महाप्रन्धक सिद्धराज राईले अवधि समाचार सेवाबाट भाषामा विविधिकरण भएको उल्लेख गर्दै रासस मिडिया कन्टेन्ट दिने संस्था भएको बताए । उनले सबै भाषाको साझा संस्थाका रुपमा राससलाई स्थापित गर्न खोजिएको भन्दै उपमहानगरपालिकाले भाषिक समुदायको सांस्कृतिक महत्वलाई बुझेको बताए । साहित्यकार सनत रेग्मीले अवधि भाषाका विकासका लागि यस क्षेत्रका अगुवा जागरुक हुनुपर्नैमा जोड दिँदै अवध क्षेत्रको संस्कार र संस्कृतिलाई वढवा दिनुपर्ने बताए । 

अवधि साहित्यकार विष्णुलाल कुमालले दाउपेचका कारण अवधि साहित्य पछाडि परेको उल्लेख गरे । उक्त अवसरमा रासस सेवाग्राहीका तर्फबाट दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे, रासस नेपालगञ्ज कार्यालयका प्रमुख युवराज पाण्डे, अवधि समाचारका अनुवादक राकेश मिश्र लगायतले अवधि समाचार सेवा सुरुवातबाट अवधि भाषी संचारमाध्यम लाभावन्वित हुने बताए । 

गत पुस २३ गते सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले राष्टिय (मातृभाषा) समाचार सेवाको शुभारम्भ गरेकी थिइन् । 


प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा बाँकेमै पहिलोपटक ई-पालिका सेवा सुरु
बैजनाथमा बाँकेमै पहिलोपटक ई-पालिका सेवा सुरु
खजुरामा फलफूलका बिरुवा वितरण
खजुरामा फलफूलका बिरुवा वितरण
जानकीले प्रहरीलाई दियो दैवी प्रकोप उद्धार सामग्री
जानकीले प्रहरीलाई दियो दैवी प्रकोप उद्धार सामग्री
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP