नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवामा एसइई पास गरेका छात्रालाई साइकल वितरण
डुडुवामा एसइई पास गरेका छात्रालाई साइकल वितरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १४, २०८० बागेश्वरी पोस्ट
डुडुवामा एसइई पास गरेका छात्रालाई साइकल वितरण

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत एसइई पास गरेका छात्राहरुलाई साइकल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुका छात्रालाई साइकल वितरण गरिएको हो । 

२०७९ सालमा एसइई पास गरेका गाउँपालिकाका ७ वटा माध्यमिक विद्यालयका ९२ जना छात्रालाई साइकल वितरण गरिएको शिक्षा शाखाका स्रोत व्यक्ति राम एकबाल मण्डलले बताए । आज पालिका कार्यालयमा आयोजित एक समारोहका बीच साइकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको भन्दै भोलीका दिनमा उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आउजाउ गर्न मद्दत पुग्ने बताए । 

उनले विशेषगरी मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष चौधरीले शिक्षा भनेको उज्यालोको प्रकाश भएकाले बालबालिकालाई शिक्षातर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै पालिकाभित्र संचालित विद्यालयहरुमा शैक्षिक गुणस्तरियताका लागि पहिलो चरणमा आधारभूत विद्यालयलाई सिसी क्यामरामार्फत निगरानी सुरु गरिएको बताए । उनले डुडुवाले संस्कार शिक्षालाई जोड दिँदै आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम तयार गरी लागू गर्न लागेको बताए । आ–आफ्नो घरमा नैतिकतासंगै संस्कारको बाताबरण तयार गर्न यो शिक्षा दिन लागेको उनको भनाई छ । 

कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत गिरबहादुर सेजुवाल, विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । साइकल वितरण कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षसहितका जनप्रतिनिधिहरुले कार्यक्रमलाई विथोल्ने प्रयास गरेका थिए । कार्यक्रममा एक्कासी प्रबेश गरेर अनावश्यक विवाद सिर्जना गरी कार्यक्रम विथोल्ने प्रयास गरेको अध्यक्ष चौधरीले बताए । अध्यक्ष चौधरीले भने, ‘राजनीतिक विवादका विषयमा छलफल गर्नुछ भने मसंग समय लिनुस् अनि बसेर संवाद गरौं, यसरी औपचारिक कार्यक्रमलाई भाँड्न पाइँदैन ।’  

उनले सबै समस्याको अन्त्य छलफलमार्फत हुने भएकाले संवादमा जानुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमार्फत विभिन्न किसिमका झुठा आरोप लगाएर अरुलाई पनि भ्रममा पार्ने काम नगर्न आह्वान गरे । उनले भने, ‘गाउँपालिकाले अहिलेसम्म गरेको विकास तथा राम्रा कामहरु सबै जनतासामु छर्लङ्ग छ, विश्वास लाग्दैन भने फिल्ड गएर हेर्नुस् ।’
 


प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP