prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवाको न्याय सम्पादन अवस्थाबारे निरीक्षण
डुडुवाको न्याय सम्पादन अवस्थाबारे निरीक्षण
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १, २०८० बागेश्वरी पोस्ट
डुडुवाको न्याय सम्पादन अवस्थाबारे निरीक्षण

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाको न्यायिक समितिको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गणस्तरीय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरीक्षण गरेको छ । जिल्ला न्यायाधिशसहितको टोलीले आज डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण तथा छलफल गरेको छ । 

गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निर्णय, फैसला र अभिलेखीकरण लगायत विभिन्न प्रक्रियाका बारेमा पालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शाहिदा बानोले जानकारी गराएकी थिइन् । 

जिल्ला अदालतका न्यायाधिश केशवराज चपाईले न्यायिक समितिले न्याय सम्पादन, अदालतको कार्यशैली, ढाँचा, निर्णय प्रक्रिया र व्यहोरा व्यवस्थित रहेको बताए । उनले न्यायिक समितिमा दक्ष जनशक्तिको अभावले सेवा कार्यसम्पादनमा समस्या भएकाले बेला बेलामा कानूनसम्वन्धि तालिम लगायतका अभिमुखीकरणमार्फत समितिका पदाधिकारी र कर्मचारीको क्षमता अभिबृद्धि गर्नुपर्नेमा जोड दिए । 

न्यायाधिश चपाईले अहिले स्थानीय तहमै मुद्दाको सुनवाई हुने भएकाले अदालतमा जाने मुद्दाको संख्यामा कमी आएको भन्दै स्थानीय तहमै हुने विवाद समाधानमा सेवाग्राहीलाई निकै सहज भएको बताए । उनले न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुद्दा दर्ता, मिसिल, निवेदनका ढाँचा, मुद्दा, कानून, अदालती प्रक्रियाका बारेमा जानकारी गराएका थिए । 

त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक बानोले गाउँपालिकाका विभिन्न पक्ष र कार्र्ययोजनाका बारेमा जानकारी गराउँदै न्यायिक समितिलाई कानून र अधिकार दिए पनि पालिकास्तरमा दक्ष जनशक्तिको अभावमा कार्यसम्पादनमा कठिनाई भएको बताइन् । उनले भनिन्,–‘समितिमा काम गर्नका लागि कानून विषयको जानकार मान्छे चाहिन्छ, तर हामीसंग दरवन्दीको कर्मचारी छैन, करार नियुक्ति गर्दा कानूनले राख्न पाइँदैन भनेर अख्तियारमा मुद्दा पर्दछ ।’ यो समस्याले काम गर्न निकै समस्या भएको उनको भनाई थियो ।  

भेटघाटमा उपाध्यक्ष बानो, न्यायिक समिति सदस्य काशीराम यादव र सकिना बेगम नाउँ, कानूनी सल्लाहकार अधिबक्ता इश्वरीप्रसाद ज्ञवाली, न्यायिक समितिका कर्मचारी विबेक तिवारी लगायतको सहभागिता रहेको थियो । 

निरीक्षण टोलीमा अदालतका शाखा अधिकृतद्वय गोविन्द आचार्य र नितु शाहु, नासु गणेशकुमार मिश्रको सहभागिता थियो भने टोलीले समितिमा रहेका विभिन्न अभिलेखीकरण गरिएका फाइल, मिसिल, रजिस्टर समेतको अध्ययन गरेको थियो । अध्ययनका क्रममा जिल्लाका अन्य स्थानीय तहहरु भन्दा डुडुवाको अभिलेखीकरण व्यवस्थापनको कार्य उत्कृष्ट, चुस्त र प्रक्रियागत रहेको पाइएको टोलीले जनाएको छ । 

मंगलबार गरिएको निरीक्षणपछि अदालतले प्रतिबेदन समेत प्रदान गर्ने जनाएको छ । न्यायिक समितिले चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म ४६ वटा  मुद्दा दर्ता भएकोमा १६ वटा मुद्दा फच्र्यौट भएको र बाँकी प्रक्रियामा रहेको न्यायिक समितिका कर्मचारी विवेक तिवारीले बताए । 


प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP