prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अपाङ्गमैत्री उन्नत डिजाइनमा बनेको सामुदायिक बहुउद्देश्यीय भवन
अपाङ्गमैत्री उन्नत डिजाइनमा बनेको सामुदायिक बहुउद्देश्यीय भवन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २४, २०८० बागेश्वरी पोस्ट
अपाङ्गमैत्री उन्नत डिजाइनमा बनेको सामुदायिक बहुउद्देश्यीय भवन

नेपालगञ्ज । नेपालगञ्जको वडा नम्बर २० राँझामा लैंगिकमैत्री उन्नत डिजाइनको सामुदायिक बहुउद्देश्यीय भवन बनेको छ । एडिबी र जेएफपिआरको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माण भएको भवनको डिजाइन एडिबीको तर्फबाट विज्ञ बरिष्ठ डिजाइन इन्जिनियर परामर्शदाता डा. शंकर ढकालले गरेका हुन् । 

ढकालका अनुसार यो विपद् पूर्व तयारी बहुउद्देश्यीय सरसफाई तथा स्वास्थ्य भवनको डिजाइन बहुबिपद प्रतिरोधी छ । कोभिड लगायतका सरुवाजन्य रोगको लागि विशिष्टिकृत डिजाइन बाहेक भूकम्प, बाढी, आगलागी लगायतका प्रकोप प्रतिरोधी संरचना समेत डिजाइन गरिएको डा. ढकालको भनाई छ । संरचनाको भुइँसम्म कंक्रिट तथा माथि र छाना स्टिलबाट बनेको छ । गारोहरु इट्टा र यूपीभीसीबाट बनाइएको छ । अपाङ्गमैत्री र्याम्प तथा नेत्रविहिनको लागि ट्याक टाइल, लैंगिक समानताको आधारमा महिला मैत्री गरी सामाजिक समावेशितामा आधारित उन्नत डिजाइनका साथ भवन निर्माण भएको इन्जिनियर डा.ढकालले बताए । 

May be an image of 6 people

सामुदायिक बहुउद्देश्यीय भवनमा महिला र पुरुष ८/८ गरी १६ शैयाको स्वास्थ्य संरचना छ । दुवैमा अपाङ्गमैत्री र साधारण प्रयोगका छुट्टाछुट्टै शौचालय तथा स्वास्थ्यकर्मी र प्रशासनिक कोठाहरूको लागि छुट्टै शौचालयको ब्यवस्था छ । सरुवाजन्य रोगको महामारीको बेला प्रयोग हुने गरी पिपिई लगाउने र खोल्ने छुट्टाछुट्टै कोठा, स्वास्थ्य सूचना, जानकारी र सहयोगको लागि कोठा, स्वागत तथा सहयोगी कक्ष समेत छन् । 

बिरामी, कुरुवा र बिरामीका बालबालिका हिँड्डुल गर्न सक्ने चौर र खुल्ला स्थलको व्यवस्था छ । वातावरणीय अनुकूलतामा आधारित डिजाइन गरिएको छ । भविष्यमा आवश्यकता पर्दा सिस्टर रोबोट समेत प्रयोग गरी सञ्चालन गर्न सकिने विश्व स्वाथ्य संगठनको अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बेड दुरी कायम गरिएको आधुनिक भवन निर्माण भएको डा. ढकालको भनाई छ । 

जापान तथा अष्ट्रेलियाबाट अध्ययन, अनुसन्धान गरी मातृभूमिको सेवामा समर्पित अनुभव प्राप्त र नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतको कोभिड प्रतिकार प्रविधि विकासमा काम गरेका विज्ञ स्ट्रक्चरल इन्जिनियर डा. ढकालको नेतृत्वमा भएको डिजाइन अनुरुप भवन बनेको हो । 

उक्त सामुदायिक बहुउद्देश्यीय भवन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेसंगै सञ्चालनमा आएको छ । २०७९ जेठ १७ गते निर्माण सुरु भएको भवन गत पौष २८ मा सम्पन्न भएको ग्रान्ट कोर्डिनेटर पवित्रा कुमारी पुरीले बताइन् । १ करोड ८५ लाख लागतमा बहुउद्देश्यीय भवन बनेको छ । भवन तथा सामग्री लागत भने २ करोड रहेको छ । कुल क्षेत्रफल १३२१ बर्ग मिटर रहेकोमा भवनले ओगटेको क्षेत्रफल भने ३२५ बर्ग मिटर छ । उक्त भवन बनेको जग्गा रामजानकी तथा शिव मन्दिर व्यवस्थापन तथा जनसेवा समाजले दान गरेको पुरीले बताइन् । भवनको नाम सुघरा कैरातिन बहुउद्देश्यीय भवन राख्ने निर्णयसहित जग्गादाता रामजानकी तथा शिव मन्दिर व्यवस्थापन तथा जनसेवा समाज मनिकापुरसँग सम्झौता भएको ग्रान्ट कोर्डिनेटर पुरीले जानकारी दिइन् । 

May be an image of 7 people

खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझ्यौला र साना सहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरुमार्फत कोभिड १९ रोकथाम र नियन्त्रण आयोजनाले एडिबी र जेएफपिआरको सहयोगमा निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । आयोजना ब्यवस्थापन कार्यालय प्रमुख रत्न प्रसाद लामिछानेले नगर प्रमुख विष्टलाई भवन सम्भार र सञ्चालन तथा व्यवस्थापनको लागि स्वामित्वपत्र हस्तान्तरण गरेका हुन् ।

May be an image of 5 people

त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको भवन सञ्चालन र व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गर्ने बताउँदै स्थानीयहरुको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने अवस्था बनेको भन्दै खुसी ब्यक्त गरे । 

May be an image of hospital

May be an image of 14 people


प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP