prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रेस युनियन संवादमा उपाध्यक्ष मल्लःयोजना अनुगमन इमान्दारिताका साथ भइरहेको छ
प्रेस युनियन संवादमा उपाध्यक्ष मल्लःयोजना अनुगमन इमान्दारिताका साथ भइरहेको छ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १४, २०८० बागेश्वरी पोस्ट
प्रेस युनियन संवादमा उपाध्यक्ष मल्लःयोजना अनुगमन इमान्दारिताका साथ भइरहेको छ

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले पालिकाभित्र निर्माण हुने योजनाको अनुगमन इमान्दारिताका साथ गरिरहेको बताएकी छिन् । पालिकामा हुने विकास निर्माणको योजनाको अनुगमनका क्रममा सुरुवाती समयमा केही समस्या देखिए पनि पछिल्लो समय कार्यविधि अनुसार आफूले काम गरिरहेको बताइन् । गाउँसभाबाट पारित स्वीकृत योजना निर्माणको क्रममा केही कमजोरी भए आफूले त्यसलाई तत्काल सुधार गर्न सुझाव दिने गरेको मल्लको भनाई छ । आज नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको ‘प्रेस युनियन संवाद’ कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्लले विकास निर्माणका योजनाको अनुगमन गर्ने क्रममा विभिन्न पक्षबाट दबाब आए पनि नियम भन्दा बाहिर गएर आफूले काम नगर्ने बताइन् । उनले भनिन् ,‘हामी सबैको आ–आफ्नो जिम्मेवारी र भूमिका छ । मैले मेरो दायित्व, जिम्मेवारी र अधिकार के हो, त्यसलाई बुझेर काम गर्नुपर्छ । सुरुआती दिनमा अनुगमनमा केही दबाब आएको थियो । तर, त्यसलाई मैले नियम भन्दा बाहिर गएर गरिनँ । अनुगमन गर्ने एउटा टिम हुन्छ । प्राविधिक छन्, योजना शाखा, विज्ञहरु छन् । सबैले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गरे जनताको लगानीबाट बनेका  योजनाहरु सही ढंगले निर्माण हुन्छन् ।’ 

राष्ट्रिय गाउँपालिका महासंघ नेपालको केन्द्रिय सदस्य समेत रहेकी उपाध्यक्ष मल्लले खजुरा गाउँपालिकामा अघिल्लो नेतृत्वले सुरवात गरेका गौरवका योजनालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको पनि बताइन् । उनले भनिन्, ‘केही योजना बजेट अभावका कारण हामीले सोचे जसरी अगाडि बढेका छैनन् होला । तर, समग्रमा अघिल्लो नेतृत्वले सुरवात गरेका राम्रा योजनालाई पूर्णता दिने हाम्रो दायित्व हो । पालिकाको विकासका लागि त्यो जरुरी छ । राजनीति गर्ने बेला गर्ने हो । विकास निर्माण र जनतालाई सुविधा दिने कुरामा राजनीति गर्नु हुँदैन । त्यसमा हामी प्रतिवद्ध छौं ।’ खजुरा गाउँपालिकालाई शिक्षाको हबको रुपमा विकास गर्ने योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको उपाध्यक्ष मल्लको भनाई छ । गाउँपालिकाको पुरानो कार्यालय रहेको भवनमा विश्वविद्यालयलाई तत्कालको लागि स्थानान्तरण गरेर संचालन गर्ने योजना अगाडि बढिरहेको उनले बताइन् । लुम्बिनी प्राविधिक विश्वविद्यालय खजुराको गौरवको विषय भएकोले यसलाई पालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उपाध्यक्ष मल्लले बताइन् । उनले भनिन्, ‘खजुरा कृषि र शिक्षाको क्षेत्रमा अगाडि छ । कृषकहरुको व्यवसायिक विकासमा पालिकाले थुप्रै रचनात्मक काम गरेको छ । अन्य पालिका भन्दा हामी शिक्षामा अगाडि छौं । प्राविधिक विश्वविद्यालय खजुरामा संचालन हुनु भनेको हाम्रो गर्वको विषय हो । यसले यहाँको शैक्षिकदेखि लिएर नागरिक स्तरमा राम्रो प्रभाव पार्छ । त्यसैले प्राविधिक विश्वविद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण कुराको हामी व्यवस्थापनमा जुटिरहेका छौं ।’ 

बाँके जिल्लाको आठ स्थानीय तहमा खजुरा न्याय सम्पादनमा अगाडि रहेको छ । गत वर्ष न्यायिक समितिमा ४ सय ६५ वटा मुद्दा परेको थियो । ती अधिकांश मुद्दा फस्र्यौट भएको उनको भनाई छ । खजुरालाई न्याय सम्पादनमा पहिलो पालिकाका रुपमा पुरस्कृत हुने अवसर दिलाएको थियो । समस्या परेर आउने पीडितलाई निष्पक्ष ढंगले आफूले न्याय सम्पादनको काम गर्ने गरेको उपाध्यक्ष मल्लले बताइन् । उनले भनिन्, ‘हामी विभिन्न राजनीतिक दलबाट निर्वाचित भएर आएका छौं । तर पनि मेरो जिम्मेवारी भनेको निष्पक्षरुपमा न्याय दिने हो । त्यसको लागि संविधानमा हामीले पालना गर्नुपर्ने नियम, कार्यविधिको निर्माण गरिएको छ । त्यही नियमको पालना गरेर न्याय सम्पादनको काम गर्ने हो । त्यसलाई मैले निष्पक्ष ढंगले निर्वाह गरिरहेको छु । अन्य कुरा जनताले महशुस गर्ने कुरा हो ।’ 

सामाजिक विभेद, घरेलु हिंसा जस्ता घटनाहरुबाट किशोरीलाई सुरक्षित राख्नको लागि पालिकामा किशोरीसँग उपाध्यक्ष कार्यक्रम गरिरहेको उनले बताइन् । स्थानीय तहमा क्षेत्र अधिकारको विषयलाई लिएर विवाद हुने गरेको बताउँदै उपाध्यक्ष मल्लले सबैले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरेको अवस्थामा पालिकामा आन्तरिक विवाद कम हुँदै जाने विश्वास व्यक्त गरिन् । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको प्रेस युनियन संवादमा बोल्दै प्रेस युनियन लुम्विनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, प्रदेश महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले जनप्रतिनिधिहरुलाई मिडियाप्रति उत्तरदायी र जवाफदेही बनाउन प्रेस युनियनले थालेको यो अभियान अत्यन्तै स्रहानीय भएको भन्दै निरन्तरतामा जोड दिए । साथै उनीहरुले संस्थागत सहकार्य र समन्वयमा समेत जोड दिए । शाखा उपाध्यक्ष कमल खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको संचालन सचिव भीष्म लोधले गरेका थिए ।   


प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP