prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • केवुल तारहरु व्यवस्थित गर्दै कोहलपुर नगरपालिका
केवुल तारहरु व्यवस्थित गर्दै कोहलपुर नगरपालिका
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १८, २०८० बागेश्वरी पोस्ट
केवुल तारहरु व्यवस्थित गर्दै कोहलपुर नगरपालिका

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्रका अव्यवस्थितरुपमा रहेका केवुल तारहरु भोलिबाट हटाउने भएको छ । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडी क्षेत्रबाट केवुल तार व्यवस्थापन अभियान सुरु गरिने जानकारी दिए । विभिन्न स्थानमा तारहरु झुल्लिएका र लत्रिएका छन् ।

पोलहरुमा रहेका तारहरु पनि अव्यवस्थित रुपमा गुजुल्टिएका छन् । जसले गर्दा शहरको शोभा समेत कुरुप देखिएको छ । ‘विभिन्न केवुल प्रदायक संस्थाहरुबाट जडान गरिएका केवुल तारहरु कतिपय स्थानमा मापदण्ड विपरीत जडान गरिएको छ,' उनले भने–‘जसका कारण आगलागीसँगै सवारी साधन दुर्घटनाको जोखिम समेत हुने गरेको छ । यसले कोहलपुरका शोभा समेत कुरुप बनाएकाले व्यवस्थापन गर्न थालिएको हो ।’ गत वर्ष पनि अव्यवस्थितरुपमा रहेका केवुल तारहरु हटाइएको थियो । गत वर्ष हटाउन बाँकी रहेका मुख्य राजमार्ग क्षेत्र र भित्री सहरका तारहरु हटाउन लागिएको नगर प्रमुख थापाले बताए ।

केवुल तार व्यवस्थापन मापदण्ड नै छ । विद्युत प्राधिकरणको विद्युत पोलमा तार तान्दा विद्युत लाइनको तल्लो तार भन्दा दुई फिट मुनी र साढे तीन फिट बीच भागमा मात्र तार जडान गरी लाइने तान्नुपर्छ । फाइवर नेटवर्क संजालले आआफ्नो फाइवर केबुलको डि.बी. बक्स रहेको पोलमा ट्याकिङ चिन्ह लगाउनुपर्छ । पोलमा रहेको तार गुच्छा सम्वन्धी संस्थाले सकेसम्म सानो बनाई व्यवस्थित गरिनुपर्ने हुन्छ भने बढी तार भएको र झुल्लिने स्थानमा सबै तारलाई बाइन्डिङ गरिनुपर्छ, पोलमा रहेका पुरानो कामविहीन तारहरु सम्वन्धित संस्थाले हटाउनुपर्ने मापदण्ड छ ।

केवुल तार व्यवस्थापनका लागि गएको चैत १४ गते सम्बद्ध सरोकारवालाहरुको बैठकले तार व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाल टेलिकम, विद्युत प्राधिकरण, विभिन्न केबल नेटवर्क, जनप्रतिनिधि सम्मेििलत बैठकले कोहलपुर नगर क्षेत्रभित्रका तारहरु व्यवस्थापन गर्ने निर्णय गरेका थिए । 


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP