prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • इ–रिक्सा चालकलाई परिचयपत्र वितरण गर्दै नेपालगञ्ज उपमहानगरपालिका
इ–रिक्सा चालकलाई परिचयपत्र वितरण गर्दै नेपालगञ्ज उपमहानगरपालिका
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ४, २०८१ बागेश्वरी पोस्ट
इ–रिक्सा चालकलाई परिचयपत्र वितरण गर्दै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्जमा प्रमुख समस्याको रुपमा देखिएको इ–रिक्सा व्यवस्थापनलाई चुस्त बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले नयाँ कामको सुरुवात गरेको छ । आजदेखि नेपालगञ्ज उपमहानगरपालिकाले इ–रिक्सा चालकहरुलाई सवारी चालक परिचयपत्र वितरण सुरु गरेको छ ।

चालक परिचय पत्रसँगै इ–रिक्सा चालकलाई अभिमुखीकरण पनि गर्ने गरिएको छ । पहिलो चरणमा १ सय १७ जनालाई चालक परिचयपत्र र ज्याकेट वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले परिचयपत्र र ज्याकेट वितरण गरेका हुन् । 

May be an image of 5 people

नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापन गर्नको लागि नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय इ–रिक्सा चालकहरुलाई परिचयपत्र, बीमा र अभिमुखीकरण जस्ता कार्यक्रम गर्दै आएको छ । यसलाई थप प्रभावकारी गराउन उपमहानगरपालिकाले बजेट बिनियोजन गर्ने नगर प्रमुख विष्टले बताए ।

नेपालगञ्जमा नेपाल इ–रिक्सा व्यवस्थापन समिति प्रालिको व्यवस्थापनमा ई– रिक्सा व्यवस्थापनको काम भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख  विष्टले इ–रिक्सा चालकहरुको सुरक्षाको लागि परिचयपत्रसहित स्वास्थ्य बीमा योजना अगाडि बढाइरहेको बताए । उनले भने, ‘नेपालगञ्जमा इ– रिक्साहरुको व्यवस्थापन गर्न जरुरी छ । इ–रिक्सा निम्न वर्गको जनताको आर्थिक आम्दानी गर्ने माध्यम बनेको छ । यातायातलाई सहज पनि बनाएको छ । तर, यसको सहीरुपमा व्यवस्थापन नहुँदा थुप्रै समस्या सृजना भएका छन् । यसलाई सुधार गर्ने प्रयास गरिरहेका छौं ।’

May be an image of 5 people and text

इ–रिक्सा चालकहरुले पनि नेपालको कानुन र ट्राफिक नियमहरुको बारेमा जानकार भएर सवारी साधन चलाउन ध्यान दिनुपर्ने प्रमुख विष्टले बताए । उनले भने, ‘इ–रिक्सा चालकहरुले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनुपर्छ । उहाँहरुको पेशाको सुरक्षा, यात्रीहरुको सुरक्षाको लागि हामीले कार्यविधि बनाएर काम गरिरहेका छौं । यसमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

नेपालगञ्ज उपमहानगरपालिकाले वितरण गरेको चालक अनुमतिपत्रले नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख विष्टले बताए । नेपाल इ–रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले इ–रिक्सा चालकहरुलाई विज्ञहरुबाट ट्राफिक नियम तथा बीमाहरुको बारेमा अभिमुखीकरण गराउँदैं चालक परिचयपत्र वितरण गरिने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकामा भएको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका इन्चार्ज वरिष्ठ सई प्रविण आर्चायले इ–रिक्सा चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराएका थिए । ट्राफिक नियमको बारेमा जानकारी नहुँदा नेपालगञ्जमा इ–रिक्सा दुर्घटनाको संख्या बढिरहेको उनले बताए ।


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP