prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसले जेठको पहिलो सातासम्म सत्ता छाड्ने तयारी गर्दै
नेकपा एसले जेठको पहिलो सातासम्म सत्ता छाड्ने तयारी गर्दै
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २५, २०८१ बागेश्वरी पोस्ट
नेकपा एसले जेठको पहिलो सातासम्म सत्ता छाड्ने तयारी गर्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सत्ता गठबन्धन छाड्ने तयारी गरेको छ । नेकपा एसले  बहुमत सांसदहरूले सत्ता गठबन्धनबाट बाहिर निस्कन पार्टी अध्यक्ष माधवकुमार नेपालाई दबाब दिएपछि सत्ता छाड्ने तयारी गरेको बताइएको छ ।

nepalgunj 081-082

‘सम्भवत: हामी जेठको पहिलो साता यो सरकारबाट बाहिर निस्कन्छौ होला’, नेकपा एसका एक पदाधिकारीले भने ।  सो पार्टीका अधिकांश सांसदहरूले सत्ता गठबन्धनबाट निस्कनुपर्ने सुझाव दिएका छन् । 

‘सरकारमा बसिरहनुपर्छ भन्ने छैन’, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने ‘अहिलेको अवस्थामा नेकपा एसलाई हेपिएको छ, यो राम्रो होइन भनेर हामीले पार्टी नेतृत्वलाई भनेका छौँ , सांसदहरुले पनि यही सुझाव दिनुभएको छ ।’ नेकपा एसबाट प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी १८ सांसद छन् ।

त्यस्तै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिलेको सत्ता गठबन्धनमा रहन नहुने धारणा राखेका छन्  । उनी शुरुदेखि नै यो सरकारको विपक्षमा रहेका छन् । स्रोतका अनुसार मेटमणि चौधरी, प्रेम आले लगायतका सांसदहरूले पनि उपाध्यक्ष पाण्डेको भनाईमा समर्थन जनाएका छन्  । 

सांसद आलेले सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्थाप्रति संकेत गर्दै यही गठबन्धनले सहयोग नगर्ने भएपछि सुदूरपश्चिममा कांग्रेसको साथ लिनुपर्ने बताएका छन्  ।  यता अध्यक्ष नेपालले पनि सत्ता गठबन्धनभित्र विश्वासको वातावरण नभएको निष्कर्ष आफ्ना सांसदहरुलाई सुनाएका हुन्  । 

नेकपा एसले जसपा विभाजनबारे समेत चर्चा गर्दै संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले आफ्नो पार्टीको संसदीय दलमा कुनै समस्या नभएको बताएका छन् । 

‘यसबीचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ’, नेकपा एसले जनाएको छ । 

कांग्रेससहितको वैकल्पिक गठबन्धन रोक्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाइदिएपछि नेकपा एसले अहिलेको गठबन्धनमा रहिरहन नसक्ने निष्कर्ष निकालेको छ । 

जसपा नेपालबाट फुटेको अशोक राईको जसपा पार्टीलाई निर्वाचन आयोगले मान्यता समेत दिइसकेको छ । 

एस पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले कसको डिजाइनमा किन जसपा विभाजन गरियो, त्यसमा देशी विदेशी शक्तिको स्वार्थ के छ भन्ने कुरा समयक्रममा खुल्दै जाने बताउँदै एकीकृत समाजवादीले सरकारमा रहने वा नरहने विषयमा निर्णय लिन बैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो बैठक बोलाएको छ ।

बैशाख ३१ गते र जेठ १ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । केन्द्रीय  कमिटी बैठकले भावी रणनीति तय गर्दै नेकपा एसले सरकारबाट बाहिरिने निर्णय गर्ने बताइएको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:१३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP