prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाले मनायो ११औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो ११औं स्थापना दिवस
RSG-2
बृहत्तर विकासका लागि समन्वय र सहकार्यमा जोड
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २५, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाले मनायो ११औं स्थापना दिवस

कोहलपुर । कोहलपुरको बृहत्तर विकासका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको भन्दै जनप्रतिनिधि तथा राजनीतिक दलहरुले त्यही अनुसारको प्रतिवद्धता जनाएका छन् । कोहलपुर नगरपालिकाको ११औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने जनप्रतिनिधि तथा राजनीतिक दलका अगुवाहरुले कोहलपुरको विकासका लागि आफ्नो स्वार्थ भन्दा माथि उठ्नुपर्नेमा जोड दिए । उनीहरुले कोहलपुरको वृहत्तर विकास केवल भनेर भन्दा पनि गरेर मात्रै सम्भव हुने भएकाले आ-आफ्नो तहबाट त्यही अनुसारको भूमिका खेल्नुपर्ने र त्यसका लागि प्रतिवद्ध रहेको उनीहरुको भनाई थियो । 

nepalgunj 081-082

बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्य प्रसाद ढकालले कोहलपुरको समग्र विकासका निम्ति सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले कोहलपुर बनाउने हो भने राष्ट्रको ध्यान खिच्न सक्नुपर्ने वताउँदै यहाँको समग्र विकासका निम्ति जनताले जनप्रतिनिधिहरुलाई साथ दिनुपर्नेमा जोड दिए । राजनैतिक परिवर्तन ल्याउन केही दल ब्यक्तिले सम्भव भएपनि सामाजिक आर्थिक परिवर्तन र विकासका निम्ति सवै जनता, दल र क्षेत्रको महत्वपूर्ण भुमिका अपरिहार्य रहेको औंल्याउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढकालले भने, "समाज परिवर्तनका निम्ति हामीले जहाँवाट भूमिका खेलिरहेका छौं, त्यहाँ हामीले कत्तिको इमान्दारिता र जवाफदेहिता दिइरहेका छौं भन्ने कुराले ठूलो महत्व राख्छ ।" कोहलपुर क्षेत्रमा भएका सरकारी जग्गा जमिन फिर्ता नभएसम्म सरकारी कामकाजका कार्यालयहरु ल्याउन समेत अप्ठयारो हुने भएकाले अब कमा फुलस्टप तथा तर पनि नलगाई अतिक्रमित जग्गा फिर्ता गर्नैपर्नेमा जोड दिएका सांसद ढकालले कोहलपुरको विकासलाई मूर्तरुप दिन नगरवासीको साथ सहयोग रहे मात्र सम्भव हुने भन्दै अतिक्रमित जग्गा फिर्ता अभियानमा यहाँका जनताको पनि खुलेर साथ सर्मथन रहनुपर्नेमा जोड दिए । "कोहलपुर शैक्षिक, स्वास्थ्य, खेलकुद र पर्यटकीय सम्भावना बोकेको शहर हो तर यस दिशातर्फ जान हामी के कुरामा अलमलमा परेका छौं उक्त कुराको पहिचान गर्दै हामीले एक्यबद्धता र प्रतिबद्धताको खाँचोलाई चिर्नुपर्छ," ढकालले भने । 

लुम्विनी प्रदेशसभा सदस्य दुर्गा प्रसाद चौधरीले कोहलपुरको विकासका लागि वहस जरुरी रहेको औंल्याए । उनले कोहलपुरलाई ठूलो सम्भावनाको सहर भएको उल्लेख गर्दै त्यही अनुसारको व्यवहार अब जनप्रतिनिधि तथा राजनीतिक दलबाट हुनुपर्ने बताए । लम्विनी प्रदेशसभा सदस्य कृष्णा केसीले सबैको एउटै उद्देश्य भयो भने कोहलपुरलाई सम्बृद्ध बनाउन सकिने बताइन् । उनले पश्चिम नेपालकै केन्द्र बिन्दुमा रहेको कोहलपुरमा अथाह सम्भाबनाहरु रहेको औंल्याउदै पर्याप्त ती सम्भाबनाहरुलाई राजनैतिक रुपमा एेक्यवद्धताको मात्र खाँचो रहनेमा जिकिर गरिन् । 

प्रदेशसभा सदस्य वसन्ती अधिकारीले पनि सम्वृद्ध कोहलपुरका लागि सबैको साथ र सहयोग जरुरी रहेको उल्लेख गरिन् । उनले विकास विरोधी तत्वहरु बेलाबखत सल्बलाउने गरेको भन्दै त्यस्ता तत्वहरुलाई पन्छ्याउनुपर्नेमा जोड दिइन् । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगर कार्यपालिका कोहलपुरको वृह्त्तर विकासका निमित्त योजनबद्ध तरिकाले अघि बढेको प्रष्ट्याए । उनले कोहलपुरलाई आधुनिक सहर बनाउने, शैक्षिक हब बनाउने सवालमा प्राथमिकताका साथ काम भइरहेको उल्लेख गरे । उनले कोहलपुर नगर विकास समितिको जग्गा फिर्ता गराउने सवालमा सवै राजनीतिक दलको प्रतिबद्धता आवश्यक रहेको औंल्याए । 

नगर उपप्रमुख संगिता सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा निवर्तमान नगर प्रमुख लुटबहादुर रावत, खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल, नेकपा एमाले नगर अध्यक्ष कुल प्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खडका, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्विनी प्रदेश संयोजक डा. राज कुमार सुवेदी, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव रुद्रमणि न्यौपाने, प्याब्सन बाँकेका अध्यक्ष यम रावत लगायत बक्ताहरुले शुभकामना सन्देशसहित सम्वोधन गरेका थिए । 

कार्यक्रममा दौड प्रतियोगिताका उत्कृष्ट छात्रछात्रा, राष्ट्रपति रनिङ शिल्डका पदक विजेता, नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कविता प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता, उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट नगर प्रहरी, हरित अभियानमा सहयोग पुर्याउने व्यक्ति तथा संस्था, शैक्षिक सत्र २०७९/८० मा एसइई र विएलईमा उत्कृष्ट हुनेलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बालविकास शिक्षक, कर्मचारी तथा शिक्षकहरुलाई प्रोत्साहन तथा सम्मान गरिएको थियो । 

कार्यक्रममा विभिन्न कला संस्कृति झल्कने सल्यानी टप्पा नाँच, देउडा नाँच र थारु नाच समेत प्रदर्शन गरिएको थियो । कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले संचालन गरेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्की, सशस्त्र प्रहरी बल जवान तालिम शिक्षालय नौवस्ताका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कँडेल, कोहलपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, बाँके प्रहरी प्रमुख तुल वहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP