Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीमा नदीजन्य ठेक्काको अनुगमन, सीमा क्षेत्र भन्दा बाहिर नजान अध्यक्ष पौडेलको चेतावनी
राप्तीसोनारीमा नदीजन्य ठेक्काको अनुगमन, सीमा क्षेत्र भन्दा बाहिर नजान अध्यक्ष पौडेलको चेतावनी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ४, २०८१ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा नदीजन्य ठेक्काको अनुगमन, सीमा क्षेत्र भन्दा बाहिर नजान अध्यक्ष पौडेलको चेतावनी

राप्तीसोनारी । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेमाथि पालिकाले कडाई गरेको छ ।  राप्तीसोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको गुनासो आएपछि पालिकाले अनुगमनलाई सघन बनाएको छ ।

नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएका कम्पनीले समेतले जथाभावीरुपमा नदीजन्य पदार्थको उत्खनन र पायक पर्ने स्थानमा भण्डारण गर्ने गरेको गुनासो आएपछि कडाई गरिएको हो ।

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाका प्रतिनिधि र कर्मचारीले राप्ती नदी र विभिन्न खोलाबाट हुन सक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्नका लागि क्रसर उद्योगको अनुगमन गर्ने गरेका छन् । 

नदीजन्य पदार्थको चोरी निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाटगद्धिको निरीक्षण तथा अनुगमन गर्ने गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

यस वर्ष गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का आह्वान गरी ८ करोड ६७ लाख ९६ हजार ९ सयमा ठेक्का सम्झौता गरेको छ । “उत्खननको ठेक्का पाएको कम्पनीले सम्झौता अनुसारको सीमा क्षेत्र भन्दा बाहिर नजान चेतावनी दिँदै आएका छौँ, गाउँपालिका क्षेत्रभित्र रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने तयारीमा छौँ,” गाउँपालिका अध्यक्ष पौडेलले भने- “अनुगमनका क्रममा कुनै कैफियत पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ ।”

विहीबार मात्रै राप्तीसोनारी गाउँपालिका वडा नं ६ ढलैया नाकाको जलालाघाट र मसुसियाको अनुगमन गरिएको छ । राप्ती नदीको ममुरिया स्थानमा पुगेर पालिकाका अध्यक्ष पौडेल नेतृत्वको टोलीले अनुगमन गरेको हो । त्यसक्रममा १.५ मिटर गहिराई मात्र उत्खनन् गर्नुपर्नेमा औषत भन्दा १.९० मिटर गहिराई उत्खनन् गरेको पाइएको पालिका प्रमुख पौडेलले बताए । साथै साना उपकरणले नदीजन्य पदार्थको उत्खनन गर्नुपर्नेमा ठूला उपकरण प्रयोग गरेको पाइएकाले ती उपकरण हटाउन निर्देशन दिइएको पनि अध्यक्ष पौडेलले बताए ।

नदी क्षेत्रमा हुने अवैधानिकरुपमा नदीजन्य पदार्थको उत्खनन्, तोकिएको स्थान भन्दा फरक स्थानबाट अवैध रुपमा उत्खनन् तथा चोरी निकासीलाई ध्यानमा राखी गाउँपालिकाबाट ठेक्कामा लगाइएको नदीमा सुरक्षा निकाय र पत्रकारको टोली समेत सम्मिलित भएर अनुगमन गरिएको हो ।

अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडी, वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेल, योजना शाखा प्रमुख, इन्जिनियर, प्राविधिक, सुरक्षाकर्मी र पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो । 

 


प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP