नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरामा सामाजिक परीक्षणको प्रारम्भिक प्रतिबेदनमाथि छलफल 
खजुरामा सामाजिक परीक्षणको प्रारम्भिक प्रतिबेदनमाथि छलफल 
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ४, २०८१ बागेश्वरी पोस्ट
खजुरामा सामाजिक परीक्षणको प्रारम्भिक प्रतिबेदनमाथि छलफल 

नेपालगञ्ज । खजुरा गाउँपालिका बाँकको आर्थिक बर्ष २०७९/०८० को सामाजिक परीक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रस्तुतिकरण तथा छलफल सम्पन्न भएको छ । 

खजुरा गाउँपालिकाको सहयोग तथा बास नेपालको सहजीकरणमा आज भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बिकले कार्य सम्पादनको क्रममा देखिएका समस्याहरुलाई समाधान गर्दै जिम्मेवारीका साथ उत्कृष्ट कार्य सम्पादन गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई अनुरोध गरे । सामाजिक परीक्षणको क्रममा देखिएका सुझावहरुलाई योजनासहित कार्यान्वयनमा लैजानुपर्नेमा उनको जोड थियो । बर्षेनी पालिकाको कार्य सम्पादन सुधार हुँदै आएको भन्दै खजुराको समृद्धिमा लागेको जनाए । उनले सामाजिक परीक्षण जस्ता कार्यक्रमलाई प्राथमिकीकरणमा राख्ने प्रतिबद्धता गरे । 

बासका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका निर्देशक तथा सामाजिक परीक्षक हेमराज भट्टले सामाजिक परीक्षण, प्रक्रिया, खजुरा गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा गरेका कार्यहरु, जनप्रतिनिधि तथा कर्मचारीहरुसँगको छलफल, लक्षित समूह छलफल, सन्दर्भ सामग्री अध्ययन, स्थलगत अवलोकन लगायतबाट प्राप्त तथ्यसँगै गाउँपालिकाको राम्रा पक्षहरु, सुधार गर्नुपर्ने पक्ष, समस्या, चुनौतीका बिषयमा प्रारम्भिक प्रतिबेदन प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरण पश्चात खुल्ला छलफलको क्रममा वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुले बोलेका थिए । 

सामाजिक परीक्षण कार्यक्रम अन्तरगत भएको छलफलको क्रममा प्राप्त सुझावलाई समाबेश गरी खजुरा गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को सामाजिक परीक्षण अन्तिम प्रतिबेदन सहजीकरण गर्ने संस्थाका तर्फबाट बास नेपालले पेश गरिनेछ । कार्यक्रमको समापन गाउँपालिका अध्यक्ष डम्बर बिकले गरेका थिए । 
 


प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP