नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आप्रवासी स्रोत केन्द्र तथा वित्तीय साक्षरता कक्षाको अनुगमन
आप्रवासी स्रोत केन्द्र तथा वित्तीय साक्षरता कक्षाको अनुगमन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ ६, २०८१ बागेश्वरी पोस्ट
आप्रवासी स्रोत केन्द्र तथा वित्तीय साक्षरता कक्षाको अनुगमन

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेभित्र रहेको आप्रवासी स्रोत केन्द्र तथा नेपालगञ्ज-१७ मा संचालित वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको अनुगमन गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारसम्बन्धि सूचना र जानकारी दिने काम गर्दछ । अनुगमनका क्रममा केन्द्रद्वारा प्रवाह भइरहेका सेवा, सेवाको गुणस्तरियता, समस्याका बारेमा स्थलगतरुपमा अवलोकन गरी छलफल गरिएको छ । आप्रवासी स्रोत केन्द्रले प्रवाह गरिरहेको सेवा प्रभावकारी देखिएको पाइएको छ । 

आप्रवासी स्रोत केन्द्रले राहदानी बनाउन आएका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानुअघि, विदेशमा काम गर्दा र फर्कंदा आइपर्ने कानुनी ज्ञान र विधिका बारेमा जानकारी गराउनुका साथै ठगी, उद्धार, राहत, विदेशबाट शव ल्याउन, क्षतिपूर्ति र बीमा सुविधाका लागि सहजीकरण गरिरहेको सामीका कार्यक्रम संयोजक कमल सिंह नेपालीले बताए । वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन श्रम तथा रोजगार मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी आप्रवासी स्रोत केन्द्रमार्फत सूचना र जानकारी संप्रेष्ण हुन्छ । बाँकेमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयभित्र एक-एक वटा आप्रवासी स्रोत केन्द्र संचालनमा छन् । 

यसैगरी वडा नम्बर १७ परस्पुरमा संचालित वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको पनि आजै अनुगमन गरिएको छ । सामीले यस बर्ष नेपालगञ्जका ४ वटा वडामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा चलाएको छ । १, १५, १७ र २१ नम्बर वडामा कक्षा चलाइएको सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले बताए । सहजकर्ता खुमा कुमारी डाँगीले वित्तीय साक्षरता र मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारीले मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको ओलीले बताए । वित्तीय साक्षरता कक्षामा विदेशबाट आएको पैसाको हिसाबकिताबदेखि त्यसको सही परिचालन गर्ने तरिकाबारे सिकाइन्छ भने मनोसामाजिक परामर्श कक्षामा बैदेशिक रोजगारीका कारण सिर्जित मानसिक तनाव, समस्या र डिप्रेशन पीडितलाई मनोपरामर्श गरिन्छ । 

अनुगमन टोलीमा नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक गैसस साझेदारी विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, कानुन शाखा प्रमुख माया शर्मा, अधिकृत शान्ति केसी, सामीका कार्यक्रम संयोजक नेपाली, सामाजिक परिचालन अधिकृत ओली लगायत सहभागी थिए ।  


प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP