नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल, भोलि स्वास्थ्य परीक्षण शिविर
प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल, भोलि स्वास्थ्य परीक्षण शिविर
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ १२, २०८१ बागेश्वरी पोस्ट
प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल, भोलि स्वास्थ्य परीक्षण शिविर

नेपालगञ्ज । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा आज नेपालञ्जमा मैत्रीपुर्ण फुटसल गरिएको छ । 

नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गरेका थिए । 

पहिलो खेलमा महिला पत्रकार र महिला उद्यमीबीच भएको खेलमा दबै टोलीले एक-एक गोल गरेका थिए । महिला पत्रकारको तर्फबाट खेलको पहिलो हाफमा साबित्री गिरीले गोल गरेकी थिइन् । यस्तै खेलको दोस्रो हाफमा महिला उद्यमीहरुको तर्फबाट मिना चौधरीले गोल गरिन् । 

यसैगरी प्रेस युनियन सम्वद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँके आवद्ध स्वास्थ्यकर्मीबीच अर्को मैत्रीपुर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७-० ले हराएको थियो ।

आज बिहान नेपालगञ्ज आदर्शनगरस्थित बागेश्वरी फुटसल एण्ड स्पोट्र्स हबको खेल मैदानमा भएको खेलमा दोस्रो खेलमा स्वास्थ्यकर्मीको तर्फबाट डा. सुविन साहुले २ गोल, डा.शिखर शाही, सन्देश शाही, कपिल विष्ट, शिविर रेग्मीले १-१ गोल गरेका थिए ।  

मैत्रीपूर्ण फुटसल प्रतियोगितालाई नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले उद्घाटन गरेका थिए । उद्घाटनमा बोल्दै सभापति गौडेलले प्रेस युनियनको वर्तमान कार्यसमितिले सुरुआतदेखि रचनात्मक कार्यक्रम गर्दै आएको बताए । 

युनियनको स्थापना दिवसको अवसरमा सम्पूर्ण पत्रकारहरुलाई शुभकामना दिँदै सभापति गौडेलले भने, "युनियनले थुप्रै सामाजिक काम गरेको छ । समाजमा सकारात्मक सन्देश दिएको छ । यो कार्यसमिति निकै क्रियाशील छ । तपाईंहरुको साथमा नेपाली कांग्रेस बाँके सधैं रहनेछ । मैत्रीपुर्ण फुटसलले आपसी सम्बन्ध विस्तारमा सहयोग गर्नेछ । यस्ता कार्यले नयाँ उत्साह, उमंग र उर्जा थप्ने काम गर्छ ।"

नेपाल प्रेस युनियन बाँके अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष प्रियास्मृति ढकालले पत्रकारिता क्षेत्रमा विभिन्न नियमित काम गर्दै आइरहेको स्मरण गराउँदै यसपटक फरक ढंगले नयाँ कार्यक्रम आयोजना गरिएको बताए । मैत्रीपुर्ण फुटसलले पत्रकारहरुलाई स्वस्थ राख्न सहयोग गर्नुका साथै आपसमा सम्बन्ध विस्तार गर्नमा सहयोग पनि गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, सचिवालय सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोख्ररेल लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत गरेका थिए । स्थापना दिवसको अवसरमा भोलि युनियन बाँके शाखाले जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकारहरुका निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको युनियन बाँके सचिव भीष्म लोधले जानकारी दिए । 

नेपालगञ्जको गणेशमान चोकमा रहेको लक्ष्मी सरस्वती पोलिक्लिनिकको सहकार्यमा बिहान ७ बजेदेखि बाँकेका सम्पूर्ण पत्रकारहरूको पश्चिम नेपालका एक मात्र मृगौला रोग बिशेषज्ञ डा. सौरभ हमालले स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । शिविरमा सहभागी हुन सम्पूर्ण पत्रकारलाई सचिव लोधले आग्रह समेत गरेका छन् ।


प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP