नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीको विपन्न बस्तीमा एक दर्जन शौचालय निर्माण
जानकीको विपन्न बस्तीमा एक दर्जन शौचालय निर्माण
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १५, २०८१ बागेश्वरी पोस्ट
जानकीको विपन्न बस्तीमा एक दर्जन शौचालय निर्माण

रबिन्द्र घिमिरे/जानकी (बाँके) । जानकी गाउँपालिका वडा नम्वर २ स्थित फुलपुरवाको विपन्न बस्तीमा जानकी गाउँपालिका बाँके, मिलाप संस्था र स्थानीय समुदायको लागत साझेदारीमा करिब १ दर्जन शौचालय निर्माण गरिएको छ। शौचालय निर्माणले गर्मीको समयमा हुने विभिन्न संक्रामक रोग नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त बस्तीमा शौचालय निर्माणका लागि कुल ३ लाख ४ हजार ७ सय ४ रुपैयाँ लागत लागेको हो । जसमध्ये गाउँपालिकाको अनुदान रकम १ लाख ५० हजार ७ सय ४, मिलाप संस्थाको १ लाख १० हजार र स्थानीय समुदायको ४४ हजार लगानीमा शौचालय निर्माण भएका छन् । पक्की शौचालय निर्माणले गाउँमा ६५ जना लाभान्वित भएका छन् ।

मधेशी समुदायको बाहुल्यता रहेको उक्त गाउँमा प्रायः सबै घरहरुमा शौचालय थिएनन्, जसका कारण गर्मी समयमा विभिन्न संक्रमणको जोखिम निम्तिने खतरा थियो ।अझ वर्षायाममा खुलारुपमा दिसापिसाब गर्दा संक्रामक रोगका साथै सर्पको टोकाईको जोखिम थियो । विपन्न समुदायको बस्ती रहेका कारण शौचालयको समस्याको समाधान गर्नका लागि जानकी गाउँपालिकाले शौचालय निर्माणको अभियान शुरु गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । 

शौचालय नभएको कारण खेतबारीमा जानुपर्ने, बालबालिका र महिला पनि जोखिममा भएको कारणले गर्दा शौचालयको आवश्यकता देखिएपछि उनीहरुको आर्थिक अवस्था समेत कमजोर भएकोले गाउँपालिका र मिलाप संस्थाले ११ घरधुरीमा शौचालय निर्माण गरिदिएको मिलाप सस्थाकी प्रेमा रोकाले बताइन् । शौचालय पनि नभएको एैलानी जमिनमा माटोको घरमा बस्नुपर्ने, आफूहरु गरिब र कुनै रोजगारी पनि नभएकाले समस्या भएको स्थानीयहरु बताउँछन् । "खेतवारीमा वर्षातमा रातको समयमा समेत शौचालय जानुपर्ने वाध्यता थियो, जसले गर्दा सर्प लगायतको डर त छँदै थियो, असुरक्षित पििन थियौं, अब सजिलो हुनेछ," जानकी गाउँपालिका-२ की रितु कहार भन्छिन् । जानकी २ कै पिन्टु कहारले पनि खुसी ब्यक्त गरिन् । शौचालयको अभावमा स्थानीयहरु रातको समयमा खेतबारीमा जानुपर्ने हुँदा बालवालिका तथा महिलाहरु बढी जोखिममा थिए । 


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP