prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बैजनाथ-४ मा एमालेमा पहिरो, एक हप्तामै ७२ जना कांग्रेसमा प्रवेश
बैजनाथ-४ मा एमालेमा पहिरो, एक हप्तामै ७२ जना कांग्रेसमा प्रवेश
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ २१, २०८१ बागेश्वरी पोस्ट
बैजनाथ-४ मा एमालेमा पहिरो, एक हप्तामै ७२ जना कांग्रेसमा प्रवेश

बनियाभार (बाँके । बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ । गत साता नेकपा एमालेका स्थानीय युवा नेता दलबहादुर बुढा, हस्त थापा, तुले बुढासहित ४१ जनाले सहकारी ठगी आरोपी गृहमन्त्री रबि लामिछानेलाई जोगाउन नेकपा एमाले अध्यक्ष केपी ओलीसहित सिङ्गो पार्टी जोडबलका साथ लागेको तथा जनता र देश भन्दा पनि भ्रष्टहरुलाई जोगाउन एमाले लागेको आरोप लगाउँदै पार्टी छोडेको बताएका थिए । 

paribartan 1

नेपाली कांग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर ४ को आयोजनामा शनिवार भएको पार्टी प्रवेश कार्यक्रममा ३१ जनाले एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेको कांग्रेसका स्थानीय युवा नेता कर्णबहादुर कठायतले जानकारी गराए । पार्टी प्रवेश गराउन अगुवाई गरेका नेपाली कांग्रेसका वडा कोषाध्यक्ष अमर बिसीका अनुसार देबिसरा सुवेदी, वीर बहादुर बुढा, रत्न बहादुर बरै मगर, प्रेमबहादुर सिजाली मगर, खडक बहादुर बुढा, निर्मल कठायत, भिमबहादुर कठायत, सुभद्रा देबी कठायत, प्रतिमा खड्का, केवली थारु, कविता बोगटी, कल्पना परियार, नवीन कुमार शाही, डम्बर बहादुर शाही, रबिना शाही, चन्द्र कला  बुढा, दिपक बुढा लगायत ३१ जना कांग्रेस प्रवेश गरेका छ्न् । 

पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मेघराज ओलीले नवप्रबेशीहरुलाई पार्टीमा स्वागत गर्दै कांग्रेसमा भर्खरै जोडिए पनि अवसरका सन्दर्भमा उपयुक्त ब्यक्तिले उपयुक्त स्थान पाउन नयाँ पुरानोका बीचमा कुनै किसिमको विभेद नगरिने बताए । महासमिति सदस्य ओलीले नेपाली कांग्रेसको आन्तरिक जीवनमा जेजस्ता झमेला भएता पनि लोकतन्त्रको मूलभुत मान्यता, नेपाली जनता र नेपाल देशका बिरुद्ध कुनै पनि शक्तिसंग सम्झौता नगरेको गौरबमय सुनौलो इतिहास रहेको स्मरण गराए । राज्य शक्तिमा जान अवसर नपाएर टुटफुट हुने कम्युनिष्ट दलहरू र अरुलाई गालीगलौज गर्दै जनतामाझ भ्रमको खेती गरेर जनतालाई लुट्न उद्यत हुने नयाँ नामका दलहरु जस्तो गैरजिम्मेवार चरित्र कांग्रेसको नभएको उल्लेख गर्दै युवा नेता ओलीले भने-"सत्य बोल्ने, जे भन्यो त्यो गर्ने, झुठको फेहरिस्त होइन यथार्थताको धरातलमा चट्टानझै अडिग रहने, ब्यक्ति होइन बिधिलाई सर्बोपरी ठान्ने नीतिकै कारण सत्ता भन्दा बाहिर रहेको बेलामा समेत निःस्वार्थ जनता कांग्रेसमा प्रबेश गर्दैछन् ।" 

पार्टी प्रबेश कार्यक्रममा महाधिवेशन प्रतिनिधि देवबहादुर खत्रीले कांग्रेसको नीति र बिचार संसारको सबैभन्दा लोकप्रिय बिचार रहेको बताउँदै कांग्रेस जस्तो इतिहास बोकेको पार्टी जोडिएकोमा नवप्रबेशीहरुलाई स्वागत गर्दै संगसंगै यात्रा गर्नुपर्नेमा जाड दिए । वडा सभापति सुरेश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नव प्रबेशिका तर्फबाट बोल्दै देवबहादुर बुढाले लामो समय एमालेमा आवद्ध रहँदा झुठको खेती बाहेक अरु केही पाउन नसकेको बताए । उक्त कार्यक्रममा जिल्ला नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य टंक काफ्ले (आशिष), बाँके क्षेत्र नम्बर ३  प्रदेश (क) सभापति केशव शाह, क्षेत्र नम्बर ३ का सचिव ज्ञानबहादुर ओली, पालिका सभापति देवबहादुर केसी, बैजनाथ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर शाही, वडा सदस्य कर्ण कठायत, कांग्रेस ४ का कोषाध्यक्ष अमर बिसी, सहसचिव श्याम बुढा लगायतल भनाई राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि ओली लगायतका अतिथिहरुले नवप्रवेशीहरुलाई खादा, अबिर लगाएर कांग्रेसमा प्रवेश गराउँदै सदस्यता दिएका थिए ।


प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP