नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा असल परिवार तथा लिडरसिप कोर्स सम्बन्धि प्रशिक्षण
जानकीमा असल परिवार तथा लिडरसिप कोर्स सम्बन्धि प्रशिक्षण
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार १, २०८१ बागेश्वरी पोस्ट
जानकीमा असल परिवार तथा लिडरसिप कोर्स सम्बन्धि प्रशिक्षण

नेपालगञ्ज । 'राष्ट्र निर्माणको लागि असल परिवार तथा युवाहरु' भन्ने नाराका साथ जानकी गाउँपालिकाका युवाहरुको नेतृत्व, क्षमता विकासका लागि असल परिवार तथा लिडरसिप कोर्स सम्वन्धि प्रशिक्षण आजदेखि जानकी गाउँपालिकामा शुरु भएको छ । जानकी गाउँपालिकाको आर्थिक सहयोग र बालकल्याण तथा सामुदायिक विकास संघ बाँकेको आयोजनामा युवाहरुको नेतृत्व, क्षमता विकासका लागि असल परिवार तथा लिडरसिप कोर्स सम्वन्धि दुई दिने प्रशिक्षण शुरु भएको हो ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले राष्ट्र निर्माणमा युवाहरुको धेरै नै महत्वपूर्ण भूमिका हुने भएकोले दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी सम्पूर्ण युवाहरुले राम्रोसँग ज्ञान लिनुपर्नेमा जोड दिए ।कार्यक्रममा बालकल्याण तथा सामुदायिक विकास संघ बाँकेका अध्यक्ष बसन्त कुमार कनोजियाले जीवनको पहिलो खुड्किलो अर्थात प्रारम्भिक पाठशाला भनेको परिवार नै भएको बताए । "जे कुरा सिक्छौं परिवारबाट नै सिक्ने हुँदा परिवारले राम्रो बाटो सिकाएमा राम्रो बाटोतर्फ लाग्ने र नराम्रो बाटो दिएमा नराम्रो बाटोमा लाग्ने सम्भावना बढी हुन्छ," उनले भने-"त्यसैले आजको विश्व परिवेशमा राष्ट्र निर्माणमा युवा शक्तिलाई लिएर अगाडि बढ्न सकेनौं भने केही पनि हुन सक्दैन ।" प्रशिक्षण कार्यक्रममा जानकी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादवले राष्ट्र निर्माणमा युवा शक्तिलाई नै अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

बालकल्याण तथा सामुदायिक विकास संघ बाँकेका अध्यक्ष कनोजियाको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष खाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन अरुण कुमार सिंहले गरेका थिए भने आयोजक संस्थाका सहसचिव पुरन बहादुर थारुले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिल वहादुर पौडेल, १ देखि ६ नम्वर वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, योजना शाखा प्रमुख शोभा पौडेल, प्रशासन शाखा प्रमुख गोपीचन्द्र चौलागाई, सूचना शाखाका प्रमुख विकास जिसी लगायत १ देखि ६ नम्वर वडाका गरी ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक संस्थाका तर्फबाट गाउँपालिका अध्यक्ष खाँ र उपाध्यक्ष यादवलाई मायाको चिनो प्रदान गरिएको थियो ।


प्रकाशित मिति: शनिबार, असार १, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'बर्फानी बाबा' मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
'बर्फानी बाबा' मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
इलाका प्रहरी कार्यालय जयसपुरलाई कपडा हस्तान्तरण
इलाका प्रहरी कार्यालय जयसपुरलाई कपडा हस्तान्तरण
बाँकेका सुरक्षा प्रमुख र जनप्रतिनिधिको टोलीले गर्‍यो नरैनापुर सीमा क्षेत्रको अवलोकन
बाँकेका सुरक्षा प्रमुख र जनप्रतिनिधिको टोलीले गर्‍यो नरैनापुर सीमा क्षेत्रको अवलोकन
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP