prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज-१ को सार्वजनिक सुनुवाईमा ५ बुँदे प्रतिबद्धता
नेपालगञ्ज-१ को सार्वजनिक सुनुवाईमा ५ बुँदे प्रतिबद्धता
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१ को सार्वजनिक सुनुवाईमा ५ बुँदे प्रतिबद्धता

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालयको आयोजना तथा बास नेपालको सहजीकरणमा वडा कार्यालयले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाईमा ५ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ ।

paribartan 1

यसरी गरिएका प्रतिबद्धताहरुमा वडा नम्बर १ र १८ मा पर्ने पर्यटकीय स्थान वाटरपार्कलाई थप ब्यवस्थित र आकर्षक बनाउने, वडाबाट लक्षित बर्ग उत्थानका लागि सञ्चालित सीपमूलक तालिमहरुको प्रभावकारिता मापन गर्ने, तालिम प्रदान गर्दा सीपलाई ब्यवहारमा उतार्न खोज्ने ब्यक्तिहरुको खोजी गर्ने, वडा नम्बर १ लाई थप हरियाली बनाउने र बृक्षारोपण गरिएका बिरुवाहरुको संरक्षण गर्ने, वडामा रहेका टोल विकास समितिहरुको संस्थागत विकास गर्ने, मस्जिद टोलमा बाटो, नाला, ताल निर्माण नभएकाले आगामी आर्थिक बर्षमा सडक तथा नाला निर्माण गर्ने, वडामा रहेको स्पोर्ट्स एकेडेमी लगायतका स्थान लागूऔषध प्रयोग गर्ने स्थानको रुपमा परिणत हुन लागेको भन्ने गुनासो आएकाले सो बारे ध्यानाकर्षण गरी लागूऔषध निषेधित क्षेत्रको रुपमा विकास गर्ने र सडक अतिक्रमण र सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र सोको लागि टोल विकास संस्थाहरुसँग समन्वय गर्ने प्रतिबद्धता गरिएको छ । यसरी गरिएको साझा प्रतिबद्धतामा सरोकारवालाहरुले हस्ताक्षर गरेका छन् भने सहभागीहरुले ताली बजाएर अनुमोदन गरेका थिए ।

बास नेपालका निर्देशक हेमराज भट्टले सहजीकरण गरेको सुनुवाईमा स्वागत वडा सदस्य जंगमोहन काँदुले गरेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले उद्देश्यमाथि प्रकाश पारेको सार्वजनिक सुनुवाईमा आर्थिक बर्ष २०८०/०८१ को प्रगति प्रतिबेदन वडा अध्यक्ष तथा सार्वजनिक सुनुवाईका प्रमुख जवाफदेही बक्ता प्रमोद रिजालले गरेका थिए । सुनुवाईको सुरुवातमा सुनुवाई पूर्व गरिएको नागरिक प्रतिबेदन पत्र र बहिर्गमन अभिमतको नतिजा घोषणा बास नेपालका जनसम्पर्क अधिकृत माधब कुमार कार्कीले गरेका थिए । 

वडाको समग्र विकासका बिषयमा झण्डै ३ घण्टा चलेको सुनुवाईको खुल्ला सत्रमा सहभागीहरुले वडाको सडक निर्माण तथा स्तर उन्नति, नाला सरसफाई, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सुधार, लक्षित बर्ग उत्थान कार्यक्रम, युवा सशक्तिकरण र खेलकुद लगायतका बिषयमा प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए । सुनुवाईको क्रममा प्रश्न राख्ने सहभागीहरुले नेपालगञ्जका अन्य वडाको तुलनामा वडा नम्बर १ को प्रगति उल्लेखनीय भएको भन्दै वडा समितिको कामको प्रशंसा गरेका थिए । सुनुवाईमा वडा अध्यक्ष रिजाल, वडा सदस्यहरु, वडा सचिव भुविन्द्र प्रसाद कँडेल, टोल विकास संस्थाका पदाधिकारीहरु, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र वडाबासी गरी २२० जनाको सहभागिता रहेको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले वडाको सार्वजनिक सुनुवाई कार्यक्रम नियमित सञ्चालन गर्दै आएको छ । 
 


प्रकाशित मिति: आइतबार, असार २, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा कृषि आधुनिकीकरणमा ६ करोड लगानी, ११ किसानलाई ई–लोडिङ रिक्सा वितरण
बैजनाथमा कृषि आधुनिकीकरणमा ६ करोड लगानी, ११ किसानलाई ई–लोडिङ रिक्सा वितरण
प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम
प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP