नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा पलिकास्तरीय रोजगार संवाद मञ्च गठन
नेपालगञ्जमा पलिकास्तरीय रोजगार संवाद मञ्च गठन
बागेश्वरी पोस्ट
सोमबार, असार ३, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा पलिकास्तरीय रोजगार संवाद मञ्च गठन

नेपालगञ्ज । नेपालगञ्जमा रोजगारीको हकको प्रभावकारी कार्यान्वयनका लागि पलिकास्तरीय रोजगार संवाद मञ्च गठन गरिएको छ । नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टको संयोजकत्वमा आज बसेको बैठकले रोजगार संवाद मञ्च गठन गरिएको हो । 

मञ्चको संयोजकमा नगर प्रमुख तथा सदस्यहरुमा उपप्रमुख, दुई जना वडा अध्यक्ष, नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रमुख÷प्रतिनिधि, नागरिक समाजका प्रमुख÷प्रतिनिधि, नेपाल पत्रकार महासंघ प्रतिनिधि, गैरसरकारी संस्था महासंघ प्रतिनिधि, संयुक्त ट्रेड युनियन प्रतिनिधि, महिला उद्यमी संघको प्रतिनिधि, नगरस्तरीय सहकारी संजालको प्रतिनिधि, बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको पालिकास्तरीय संजाल प्रतिनिधि र तालिम प्रदायक संस्था संजालका प्रतिनिधि, रोजगार संयोजक गरी १५ सदस्यीय गठन गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रद्वारा  रोजगारीको हकको प्रभावकारी कार्यान्वयन, स्थानीय तहमा उपलब्ध हुने रोजगारको अवसरको पहिचान, समस्याको निदान र रोजगारको क्षेत्रमा नवीनतम् उपाय र विधिको पहिचान गर्न रोजगार संवाद मञ्च गठन गरिएको रोजगार शाखा प्रमुख मञ्जु ज्ञवालीले जानकारी दिइन् । एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन), कार्यविधि २०८० ले पालिकामा रोजगार संवाद मञ्चको संचालन गर्ने तय गरेको छ । बैठकले आगामी वर्षको नीति तथा कार्यक्रमको लागि सुझाव समेत संकलन गरेको छ । 

कार्यविधि अनुसार मञ्चले स्थानीय श्रम बजारमा श्रमिक, रोजगार तथा सीपको माग र आपूर्ति, स्थानीय स्तरमा रोजगार प्रवद्र्धनका लागि आवश्यक नीति, वजेट र कार्यक्रमको निर्माण, सञ्चालनमा आएमा कार्यक्रमकाहरको मूल्यांकन, प्रचारप्रसार आदि, रोजगारको अवसरहरुको सम्भावनाको पहिचान, अन्तर तह र अन्तर निकाय एवम् रोजगारदाता, शैक्षिक प्रतिष्ठान लगायत विज्ञहरुसँग समन्वय र सहकार्य, रोजगारदातासँग प्रत्यक्ष सम्बन्ध र सहकार्य, सार्वजनिक निजी अवधारणामार्फत कार्यान्वयन हुन सक्ने रोजगारमूलक आयोजनाको पहिचान, विभिन्न अध्ययन अनुसन्धान गर्न गराउन र स्थानीय तहको आवश्यकता अनुसारका अन्य क्रियाकलाप गर्न सुझाव सल्लाह पेश गर्नेछ । 

छलफलमा नगर प्रमुख विष्ट, उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, नागरिक समाजको तर्फबाट कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, नेपाल टे«ड युनियन कांग्रेस बाँकेका कार्यवाहक अध्यक्ष तोजिन्द्र विक, महिला उद्यमी संघ बाँके अध्यक्ष सावित्रा बस्नेत, नेपाल पत्रकार महासंघ बाँके कार्यसमिति सदस्य भिष्म लोध, गैरसरकारी संस्था महासंघका प्रतिनिधि गणेश भट्टराई, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, रोजगार संयोजक ज्ञवाली, रोजगार सहायक अनुप बर्माको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP