Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को वडा भेला सम्पन्न
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को वडा भेला सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ७, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को वडा भेला सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को वार्षिक योजना तर्जुमा एवं वडा भेला आज सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१/०८२ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको भेलामा सार्वजनिक सनुवाई एवं वार्षिक प्रगति समिक्षा पनि गरिएको थियो । 

वडा सचिव शान्ता घर्तीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा १ करोड ५ लाख ५० हजारको बजेट सिलिङ नेपालगञ्ज उपमहानगरपालिकाबाट प्राप्त भएको जानकारी गराइन् । उनले आर्थिक वर्ष २०८०।०८१ मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पारेकी थिइन् । 

भेलाको उद्घाटन गर्दै पर्व प्राध्यापक एवं जेष्ठ नागरिक जनार्दन आचार्यले वडाको विकासको लागि अरुको मुख मात्रै ताक्ने प्रबृत्ति त्याग्नुपर्ने भन्दै सामूहिक हातेमालो गर्न आह्वान गरे । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष श्रवण कुमार श्रेष्ठले वजेट कम तर अपेक्षा धेरै भएकाले अनेकन चुनौती रहेको बताए । उनले स्थानीय माग र आवश्यकता अनुसार नै योजनाका काम सम्पन्न गर्ने विश्वास पनि दिलाए । वडा सदस्य विना थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वडा सदस्य दिपेन्द्र श्रेष्ठले सहभागीका तर्फबाट उठाइएका जिज्ञासा हल गर्ने प्रयास गरेका थिए । वडा नम्बर १० जेष्ठ नागरिक मञ्चका अध्यक्ष केदार प्रसाद घिमिरे, एमाले वडा नम्बर १० अध्यक्ष वेवी मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आर्थिक वर्ष २०८१।०८२ को लागि वडा भित्रका टोल विकास संस्था, विद्यालय, क्लव, विभिन्न संघसंस्था र वडाबासीहरुले आफ्नो योजना लिखित तथा मौखिकरुपमा पेश गरेका थिए ।

भेलामा बिशेषतः सडक निर्माण, ग्रावेल, सरसफाई, नाला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, वत्ती, खानेपानी, लक्षित वर्गका लागि व्यवसायिक दक्षता सम्वन्धि तालिम आदि विषयलाई प्राथमिकतामा राख्न माग गरिएको छ । कार्यक्रममा वडा सदस्यहरू, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP