prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरा गाउँसभामा विवाद, अध्यक्ष विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याएको आरोप
खजुरा गाउँसभामा विवाद, अध्यक्ष विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याएको आरोप
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ९, २०८१ बागेश्वरी पोस्ट
खजुरा गाउँसभामा विवाद, अध्यक्ष विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याएको आरोप

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका गाउँसभाको १५औं अधिवेशनको पहिलो बैठकमै विवाद उत्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम पेश गरेको भन्दै गाउँसभामा उपस्थित सदस्यहरुले बिरोध गरेका छन् ।  

अध्यक्ष विकले वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई समेत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अध्ययन गर्न नदिएर सोझै गाउँसभामा पेश गरेपछि विवाद सुरु भएको थियो । विहान ११ बजे सुरु हुने भनिएको अधिवेशन चार घण्टापछि सुरु भएको थियो । अधिवेशनमा अध्यक्षले नीति तथा कार्यक्रम पढिरहँदा गाउँपालिकाका कर्मचारीले केही गाउँसभा सदस्य र पत्रकारहरुलाई समेत नीति तथा कार्यक्रमको प्रतिलिपि अध्ययनको लागि दिएका थिएनन् । पत्रकारहरुलाई नीति तथा कार्यक्रम किन नदिएको भन्ने प्रश्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले नेपालगञ्जमा फोटोकपी गर्न दिएको पसलले प्रिन्ट गर्न ढिलाई गरेका कारण थोरै कपी मात्र भएको बताएका थिए ।  

अध्यक्ष विकले आज पढेर सुनाएको नीति तथा कार्यक्रम एक्कासी गाउँसभामा प्रस्तुत गरेको र त्यसमा अध्ययनको लागि समय आवश्यक पर्ने भन्दै गाउँसभा सदस्य देउमाया सुनारले आपत्ति जनाएकी थिइन् । उनी आफ्नो भनाई राख्दै कार्यक्रमस्थलबाट बाहिरिएकी थिइन् । गाउँसभामा खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनवीर क्षेत्रले पनि नीति कार्यक्रममा विगतको योजनालाई कपी पेस्ट गरेर ल्याएको भन्दै आपत्ति जनाए । वडा अध्यक्ष क्षेत्रीले अघिल्लो स्थानीय सरकारले सुरु गरेको विकास निर्माण कार्यहरु सम्पूर्ण अधुरो रहेको भन्दै त्यसलाई पूरा गर्ने दायित्व अहिलेको सरकारको भएको भन्दै बिरोध जनाएका थिए । अध्यक्ष क्षेत्रीले पालिका अध्यक्षले आफू केन्द्रित योजना बनाएर नीतिगत भ्रष्टाचारलाई बढाइरहेको आरोप लगाए । वडा नम्बर ८ अध्यक्ष फिरोज खानले गाउँसभामा बोल्दै अध्यक्ष विकले हरेक वर्ष अनुत्पादक क्षेत्रमा राज्यको रकमलाई खर्च गरिरहेको आरोप लगाए । 

१५औं अधिवेशनमा नेपाली कांग्रेस र नेकपा एमाले निकटका जनप्रतिनिधिहरु बिरोध जनाउँदै बाहिरिएका थिए । तर, खजुरा गाउँपालिका अध्यक्ष विकले भने बहुमतको आधारमा नीति तथा कार्यक्रम पास भएको घोषणा गरेका थिए । खजुरा गाउँपालिकाको गाउँसभामा ४४ जना सदस्य रहेका छन् । जसमा एकीकृत माओवादी निकट २१ जना, नेकपा एमालेको १४ र कांग्रेसका ९ जना सदस्य रहेका छन् । २३ जना सदस्यहरुले फरक मत राखेको अवस्थामा पनि गाउँपालिका अध्यक्ष बहुमतले पास गरेको भन्दै नीति तथा कार्यक्रम पास भएको घोषणा गरे । 

गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले अध्यक्षले मनपरी ढंगले स्थानीय सरकार संचालन ऐनले व्यवस्था गरेको कानुनलाई मिचेर काम गरेको बताइन् । उनले भनिन्, ‘आज अध्यक्षले पेश गरेको नीति तथा कार्यक्रम पास भएको छैन । यसमा धेरै संशोधन गर्न आवश्यक छ । त्यसको लागि हामीले समय मागेको छौं । यदि नीति तथा कार्यक्रम संशोधन भएन भने हामी कानुन अनुसार उपचार खोज्नेछौं ।’ खजुरा गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर २ अध्यक्ष धनीराम ओलीले भने १५औं अधिवेशन तालिका अनुसार अगाडि बढ्ने बताएका छन् । खजुरा गाउँपालिका अध्यक्ष विकले आज गाउँसभा सुरु हुनु अघि मात्र कार्यपालिका बैठक राखेका थिए । कार्यपालिका बैठकमा समेत अधिकांश सदस्यहरुको सहभागिता रहेको थिएन । अध्यक्ष विकले कांग्रेस र एमाले निकट जनप्रतिनिधिलाई पेलेर लैजाने रणनीति लिएपछि गाउँसभामा विवाद सुरु भएको थियो ।


प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP