नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना पारित
कोहलपुरको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना पारित
banijya office RSG-2
मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना प्रभावकारीरुपमा कार्यान्वयन गर्न नगर प्रमुख आचार्यको निर्देशन
बागेश्वरी पोस्ट
आइतबार, असार २३, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना पारित

नेपालगन्ज । कोहलपुर नगरपालिकाको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१’ पारित भएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यको अध्यक्षतामा कोहलपुर नगरपालिका नगर विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले प्रतिकार्य योजना पारित गरेको विपद व्यवस्थापन शाखा प्रमुख समेत रहेका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना पारित भएसँगै त्यसको कार्यान्वयन पनि सुरु भएको उनले बताए ।

समितिले यो बर्खायाममा बाढी र डुवानबाट नगरका पन्ध्र वडाका ३ हजार १ घरधुरीका १३ हजार ६३० जनसंख्या प्रभावित हुने प्रक्षेपण गरेको छ । सबैभन्दा धेरै वडा नं. ८, ९, १, १२, १३ र १४ मा बाढी र डुवानको जोखिम देखिएको छ । वडा नं. १२ मा एक हजार घरधुरीका ४ हजार २ सय घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको छ । थारु गाउँ, दीपज्योति टोल, शान्ति टोल, निबुवा, जानकी टोल, सुन्दर बस्ती, मसुरी खेत, रामजानकी टोल, रोहिणी, प्रगति टोल र स्कुल टोल जोखिममा रहेको पहिचान भएको प्रतिकार्य योजनामा उल्लेख छ ।

त्यसैगरी वडा नं. १३ का सिमरी, झोलुंगे पुलको दायाँबायाँ, भरैया, थारु गाउँ, खड्कवार, नेरा माविको उत्तर वस्ती गरि १७५ घरधरीका ७४० जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ । वडा नं. १४ मा हवलदारपुर, गीतापुर, उढरापुर र रिहार गरी १६० घरधुरीका आठ सय परिवार जोखिममा छन् । वडा नं. ८ का आठ सय घरधुरीका ३ हजार २ सय जनसंख्या जोखिममा छन् । मन्नापुर, झर्कट्टी, पिपरीचोक टोल जोखिममा परेका छन् ।

वडा नं. ९ का गणेश टोल, भेरी ग्याँसको पूर्व तथा उत्तरका ३७५ घरधुरीका १ हजार १९५ जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ । वडा नं. १ का सबै टोल जोखिममा छन् । १५० घरधुरीका ७५० जनसंख्या प्रभावितको आंकलन गरिएको छ । यसैगरी वडा नं. १० मा एकता नगर, चटार गाउँ, राम नगर, जीवनज्योति स्कुल आसपास, डुडुवा खोला आसपासका १२० घरधुरीका ६ सय जनसंख्या प्रभावितको प्रक्षेपण गरिएको छ ।

नगरपालिका क्षेत्रको करीव ६० किलोमिटर क्षेत्रमा डुडुवा खोला, किरण नाला, सानो डुडुवा नाला, इटा नाला, रोहिणी खोला वग्ने गर्छन् । खासगरी डुडुवा खोला, डुडुवा नाला र किरण नालाले यस क्षेत्रमा बाढी र डुवानको जोखिममा पार्ने गरेका छन् ।

समितिको बैठकमा असार ५ गतेको हावाहुरीले पु¥याएको क्षतीको विवरण समेत सार्वजनिक गरिएको छ । उक्त हावाहरीले ११६ घरधुरीमा क्षती पु¥याएको थियो भने ३५५ जना मानिसहरु प्रभावित भएका थिए । एक जनाको मृत्यु समेत भएको थियो ।

बैठकले पीडितहरुको राहतका लागि जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश समितिलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ । बैठकलाई सम्वोधन गर्दै नगर प्रमुख आचार्यले विपद्सँग जुध्न सबैको सहयोग, समन्वय र सहकार्य जरुरी रहेको बताए । उनले विपद् पूर्वको प्रतिकार्य योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए । अहिले पनि निरन्तरको झरीले थुप्रै वडाहरुमा डुवानको समस्या देखिएको भन्दै सबैलाई विपदमा सहयोगी बन्न आग्रह गरे ।

बैठकमा नगर उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, रणबम गणका सेनानी अर्जुन बहादुर थापा, इप्रका कोहलपुरका प्रमुख धर्मराज भण्डारी, राजनीतिक दलका प्रतिनिधिहरु, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । उनीहरुले प्राकृतिक विपत्तिसँग जुध्न, पूर्व तयारीका कार्यक्रमहरुलाई प्रभावकारी बनाइनुपर्ने, विपद्को समयमा उद्दार, राहात र व्यवस्थापनलाई समेत प्रथामिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP