prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी प्रदेश मन्त्री कुर्मीलाई नेपाल प्रेस युनियनको बधाई
लुम्बिनी प्रदेश मन्त्री कुर्मीलाई नेपाल प्रेस युनियनको बधाई
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन १३, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेश मन्त्री कुर्मीलाई नेपाल प्रेस युनियनको बधाई

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँके शाखाले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री बादशाह कुर्मीको स्वागत तथा बधाई कार्यक्रम गरेको छ । युनियन बाँकेले आज नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा बधाई दिएको हो ।

nepalgunj 081-082

कार्यक्रममा बोल्दै मन्त्री कुर्मीले युनियनले गरेको सम्मानप्रति आभार व्यक्त गरे । उनले व्यवसायिक पत्रकारिताको विकासका लागि आफूले गर्न सक्ने पहल गर्ने प्रतिवद्धता जनाए । स्वागत तथा बधाई कार्यक्रममा उनले मिडियाबाट आफू लक्षित विषयमा आइरहेका समाचारप्रति यथार्थता बुझिदिन आग्रह गरे ।

उनले मानव अधिकारकर्मीको खोल ओढेका निहित स्वार्थसिद्ध व्यक्तिले पैसाका लागि आफूमाथि निर्मला कुर्मीको हत्या आरोप लाद्ने प्रयास गरेको स्पष्ट पारे । ‘यदि कोही कसैमाथि धेरै अनुसन्धान भएको छ भने त्यो मेरोमाथि भएको छ,’ मन्त्री कुर्मीले भने, ‘सिआइबीले हालसम्म पाँच पटक मेरो बारेमा अनुसन्धान गरिसकेको छ । म दोषी भएको भए मलाई सजाय हुन्थ्यो होला त ?’

‘निर्मला कुर्मी जसको हत्या भयो भन्ने आरोप ममाथि लगाइएको छ । त्यसका बिषयमा सञ्चारकर्मी स्वयंले पनि अनुसन्धान गरेर सत्यतथ्य समाचार लेख्ने हो,’ मन्त्री कुर्मीले भने, ‘कुनै कुरामा समस्या छ भन्ने कुरा राज्यको चौथौ अङ्गले औंल्याउनुपर्नेमा आफैं न्यायाधीश भएका छन् । यो गलत हो ।’

मन्त्री कुर्मीले राजधानी काठमाण्डौं बसेर घट्नाको वास्तविकता अनुसन्धान नगरेर एक महिलाको भनाईको आधारमा समाचार लेख्नु भन्दा बाँके आएर सत्यसथ्य रिपोर्टिङ्ग गर्न पत्रकारलाई आग्रह गरे । आफू निर्दोष रहेको दाबी गर्दै उनले भने, ‘म दोषी भए जेल होइन फाँसीको सजाय भोग्न तयार छु ।’

‘जब-जब म निर्वाचनमा होमिएँ, कुनै पद पाएँ, त्यो बेला रुबि खान लगायत केही व्यक्तिहरुले मेरो चरित्र हत्या गर्न खोजे,’ मन्त्री कुर्मीले भने, ‘मैले उसको कहिल्यै केही बिगारेको पनि छैन, उसको केही खाएको पनि छैन, तर पनि म बिरुद्ध उनीहरु लागेका छन् । ४० वर्षको राजनीतिमा मैले कसैको केही बिगारेको छैन, कसैसँग एक रुपैयाँ पनि लिएको छैन ।’

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, नेपाली कांग्रेसका महासमिति सदस्य अजितकुमार शर्मा, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, युनियन प्रदेश सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, अग्रज पत्रकार एवं युनियनका नेता निरज गौतम र बिजय बर्मा, पत्रकार महासंघ लुम्बिनीका सल्लाहकार राकेश कुमार मिश्र, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, नेपाली कांग्रेस लुम्बिनीका प्रचार विभाग सदस्य रविन्द्र घिमिरे, पत्रकार महासंघ लुम्बिनीका सदस्य मोहम्मद आरिफ अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
 


प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP