prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर क्षेत्रका छाडा पशुचौपाया गौ सेवा धाममा
कोहलपुर क्षेत्रका छाडा पशुचौपाया गौ सेवा धाममा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १९, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर क्षेत्रका छाडा पशुचौपाया गौ सेवा धाममा

नेपालगन्ज । कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रका छाडा पशुचौपाया संकलन गरी आज राप्तीसोनारी गाउँपालिका-२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पुर्‍याएको छ । कोहलपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपाका कारण सवारी दुर्घटना बढेको, नगर क्षेत्रमा रोपिएका बोटबिरुवा र किसानलाई समेत सास्ती दिएको पाइएपछि कोहलपुर  नगर प्रहरी, इलाका प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा गौ सेवा धाममा पुर्‍याइएको नगर प्रहरी प्रमुख बिरबहादुर थापाले बताए ।

नगर क्षेत्रमा रहेका छाडा पशुचौपाया कोहलपुर नगरपालिका-१२ चपरगौडीमा रहेको जनज्ञानज्योती  विद्यालयको खेल मैदानमा जम्मा गरी पैदलमार्गबाट ८८ वटा पशुचौपाया गौ सेवा धाममा पुर्‍याइएको पनि थापाले बताए  । उनले छाडा पशुचौपायाको संरक्षण र व्यवस्थापनका लागि गौ सेवा धामसंग भएको सहमति अनुसार ती पशुचौपाया संकलन गरी पठाइएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले छाडा पशुचौपायाका कारण कोहलपुर नगरपालिकाको हरित नगर अभियानमा समेत असर परिरहेकोले त्यसको व्यवस्थापन गर्न खोजिएको बताए  । `कोहलपुर नगर क्षेत्रमा छाडा पशुचौपायाका कारण सवारी दुर्घटना भइरहेका छन् । त्योबाट मानवीय क्षती त भएकै छ । पशुचौपाया पनि मरिरहेका छन् । अर्कोतर्फ किसानको बालिनालीमा पनि नोक्सानी भइरहेको गुनासो आइरहेको छ । नगरपालिकाको हरित नगर अभियानमा पनि छाडा पशु चौपाया बाधक भइरहेका छन् । यसको व्यवस्थापनका लागि  गौ सेवा धामसंग भएको सहमति अनुसार ती पशुचौपाया संकलन गरी पठाइएको हो । यसले एकातिर कोहलपुरमा छाडा पशुचौपायाको समस्या पनि केही हदसम्म समाधान हुने र अर्कोतर्फ पशुचौपायाको संरक्षण र व्यवस्थापन पनि हाम्रो विश्वास छ´ नगर प्रमुख आचार्यले भने ।

कोहलपुर नगर क्षेत्रका छाडा पशुचौपाया संकलन तथा व्यवस्थापनका लागि कोहलपुर नगरपालिका-१२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको नेतृत्वमा वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्का, जनप्रतिनिधि, स्थानीयबासी लगायतको समेत सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP