Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जमा १४५ जना योग प्रशिक्षक दिक्षित
नेपालगन्जमा १४५ जना योग प्रशिक्षक दिक्षित
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ १५, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा १४५ जना योग प्रशिक्षक दिक्षित

नेपालगञ्ज । नेपालगञ्जमा १४५ जना योग प्रशिक्षकलाई दिक्षित गरिएको छ । योग समिति नेपालले पछिल्लोपटक प्रशिक्षण लिएका १४५ जना योग प्रशिक्षकलाई दिक्षित गरेको हो । 

आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० गोसाइँ गाउँस्थित योग प्रशिक्षण केन्द्रमा छैठौं दिक्षान्त समारोहको आयोजना गरेर योग प्रशिक्षकलाई दिक्षित गरिएको योग समिति नेपालकी उपाध्यक्ष सुमित्रा पण्डित सुवेदीले बताइन् । चार महिनासम्म लगातार प्रशिक्षण लिएका योग प्रशिक्षकलाई दिक्षित गर्ने गरिन्छ । सुवेदीका अनुसार हालसम्म ३६४ जनालाई दिक्षित गरिसकिएको छ । यसअघि २१९ जना दिक्षित भएका थिए । 

नेपालगञ्जमा केन्द्रिय कार्यालय रहेको योग समिति नेपालले हाल बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा ३० वटा योग प्रशिक्षण केन्द्र सञ्चालन गरेको अध्यक्ष गिरिराज शर्मा भट्टराईले बताए । दिक्षान्त समारोहमा सर्बोत्कृष्ट योग प्रशिक्षक २०८१ को पुरस्कार प्रशिक्षक अनिता कुमारी श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै विशिष्ट योग प्रशिक्षक २०८१ बाट इन्द्रा श्रेष्ठ पुरस्कृत भएकी छिन् । योग प्रशिक्षक प्रेरक अवार्डबाट पनि आधा दर्जन बढी योग प्रशिक्षक पुरस्कृत भएका छन् । यसैगरी उत्कृष्ट तीन प्रशिक्षण केन्द्र व्यवस्थापन समितिमा पहिलो वडा नम्बर १० गोसाइँ गाउँ, दोस्रो वडा नम्बर २० राँझा र तेस्रो वडा नम्बर १८ कारकाँदो घोषित भएका छन् । प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । 

पछिल्लो समय योग संस्कृति बढ्दै जाँदा योग समिति नेपालले आफूलाई अझ क्रियाशील बनाउँदै लगेको छ । दिक्षान्त समारोहमा सांसद राणा, नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मानव स्वास्थ्यलाई सुदृढ बनाउन योग अपरिहार्य रहेको भन्दै नियमित योग गर्न आग्रह गरे । समितिले आजै त्यहीँ तीजको दर पनि खुवाएको छ । 


प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP