नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'चलचित्र पत्रकारितामा महिला पत्रकारलाई प्राथमिकता दिनुपर्छ'
'चलचित्र पत्रकारितामा महिला पत्रकारलाई प्राथमिकता दिनुपर्छ'
बागेश्वरी पोस्ट
बुधबार, भदौ १९, २०८१ बागेश्वरी पोस्ट

नेपालगन्ज । बाँकेका महिला पत्रकारहरुले चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले चलचित्रसम्बन्धि समाचार र लेखनप्रति महिला पत्रकारहरुको आकर्षण बढाउन प्राथमिकता दिनुपर्ने बताएका छन् । आज चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले तीज विशेष भेटघाट कार्यक्रममा आयोजना गरेको ‘चलचित्र क्षेत्रमा महिला पत्रकारहरुको सक्रियता’ विषयक अन्तरक्रियामा उपस्थित महिला पत्रकाहरुले जिल्लाका महिला पत्रकारहरुबीच चलचित्रसम्बन्धि लेखन प्रतियोगिता समेत अयोजना गर्न सकिनेमा जोड दिएका हुन् । 

खुल्ला अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ महिला पत्रकार अक्षरी पोखरेलले चलचित्र पत्रकार संघले चलचित्रसम्बन्धि लेखन गराउने र उत्कृष्ट लेखन गर्ने महिला पत्रकारलाई पुरस्कारको व्यवस्था गर्ने जस्ता कार्यक्रमको अयोजना गर्नुपर्ने बताइन् । उनले अन्य पत्रकार संगठन भन्दा चलचित्र पत्रकार संघले फरक ढंगले कार्यक्रम अयोजना गर्दै आएको बताउँदै प्रदर्शनमा आएका नयाँ नेपाली चलचित्रका बारेमा लेख्न महिला पत्रकारहरुलाई प्रेरित गर्नुपर्ने बताएन् । 

पत्रकार विमला चौधरीले चलचित्र पत्रकारले तीज कार्यक्रम आयोजना नगरेसम्म तीज आएको अनुभूति नहुने गरेको बताउँदै चलचित्र पत्रकार संघले बेला बेलामा नेपाली चलचित्र निःशुल्क पत्रकारहरुलाई हेर्ने व्यवस्था मिलाए पनि कसैले उक्त चलचित्रका विषयमा लेख्ने नगरेको बताइन् । उनले वर्षभरी आएका चलचित्र, तिनीहरुको प्रदर्शन कस्तो रह्यो भन्ने विषयमा महिला पत्रकारहरुलाई लेख लेख्न प्रेरित गर्नुपर्ने बताइन् । 

कार्यक्रममा पत्रकार रुपा गहतराजले नेपालगन्जबाट पनि चलचित्र पत्रकार संघले कलालाई समेटेर कम्तिमा वार्षिक बुलेटिन प्रकाशन गर्नुपर्ने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्ष करुणा शाह (महारानी) ले चलचित्र पत्रकार संघ बाँके शाखाले हरेक कार्यक्रम संचालन गर्दा केही नयाँ सन्देश दिने गरी आयोजना गर्ने गरेको बताइन् । उनले बाँके शाखामा पुरुष अध्यक्ष भएता पनि महिला विशेष कार्यक्रममा कार्यसमितिमा रहेका फरक फरक महिलाहरुलाई कार्यक्रममा अध्यक्षता गराउन, कार्यक्रम संचालन गर्न पठाउने जस्ता नयाँ कामहरुको सुरुवात गरेको बताइन् । चलचित्र पत्रकार संघले जसरी कार्यक्रमहरुमा महिला पत्रकारहरुलाई प्राथमिकता दिएको हुन्छ त्यसरी नै अन्य पत्रकार संघहरुले पनि कार्यक्रमहरुमा महिला पत्रकारहरुलाई प्राथमिकता दिनु पर्नेमा उनले जोड दिइन् । 

कार्यक्रमको अध्यक्षता गरेकी चलचित्र पत्रकार संघ बाँके शाखाकी सह–सचिव लक्ष्मी तिमिल्सेनाले अन्तरक्रियामा उठेका कुराहरुलाई बाँके शाखाले कार्यान्वयनमा ल्याउन योजना बनाएर अघि बढ्ने बताइन् ।


प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २०:३९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अदालतद्वारा डुडुवा न्यायिक समितिको निरीक्षण
अदालतद्वारा डुडुवा न्यायिक समितिको निरीक्षण
फोहोर ब्यवस्थापन तथा जैविक मल उत्पादन सम्बन्धि पाँच दिने तालिम सुरु
फोहोर ब्यवस्थापन तथा जैविक मल उत्पादन सम्बन्धि पाँच दिने तालिम सुरु
नेपालगञ्ज उपमहानगरपालिकामा भोलि सार्वजनिक विदा
नेपालगञ्ज उपमहानगरपालिकामा भोलि सार्वजनिक विदा
बैजनाथमा तीन दिने विपद् पूर्व तयारी तथा प्रतिकार्य तालिम‌
बैजनाथमा तीन दिने विपद् पूर्व तयारी तथा प्रतिकार्य तालिम‌
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP