prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकी गाउँपालिकामा बजार अनुगमन तिब्र
जानकी गाउँपालिकामा बजार अनुगमन तिब्र
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, असोज १५, २०८१ बागेश्वरी पोस्ट
जानकी गाउँपालिकामा बजार अनुगमन तिब्र

रबिन्द्र घिमिरे/(जानकी) बाँके । जानकी गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्वको समयमा अखाद्य वस्तुको विगविगी र बजार महँगो भएको जनगुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा विभिन्न पसलहरुमा म्याद गुज्रेका अखाद्य वस्तु र पसलहरु दर्ता नभई सञ्चालन भएको पाइएको छ ।

nepalgunj 081-082

जानकी गाउँपालिकाको समन्वयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बजार अनुगमनलाई तिब्रता दिएको हो । वाणिज्य, आपूर्ति, खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय तथा उपभोक्ता हित संरक्षण मञ्चले पालिकाका विभिन्न वडामा रहेका पसलहरुको अनुगमन गरेका हुन् । 

May be an image of 5 people and text

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हरि वहादुर खत्रीले अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रिएका वस्तुहरु, दर्ता नै नभएका व्यवसायहरु सञ्चालनमा आएको भेटिएको बताए । अनुगमनका क्रममा जानकी-६ गनापुरमा रहेको वण्डरल्याण्डको राएरा रेष्टुरेन्ट एण्ड बार र सोही ठाउँमै रहेको बिनोद किराना पसल गरी अन्य केही पसललाई ३५ हजारसम्म जरिमाना समेत गरी उनीहरुलाई सचेत गराइएको प्रमुख खत्रीले बताए । उनले पुनः यस्तो भेटिएमा कानुन वमोजिम कारवाही हुने बताए । 

अनुगमनका क्रममा मासु पसलमा सरसफाईमा कमी रहेको र सरसफाई राम्रोसँग गर्न तथा खानेकुराहरुलाई छोपेर राख्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेकी प्राविधिक सहायक लक्ष्मी ढकालले बताइन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालगञ्जका संयोजक बसन्त गौतमले मौसमीरुपमा मात्र नभई समय समयमा अनुगमन गर्नुपर्ने बताए । गौतमले व्यवसायीको बदमासी र कालोबजारीका कारण उपभोक्ता मारमा परेको भन्दै सरोकारवाला निकायले अनुगमनलाई नियमित गर्नुपर्ने बताए । 

May be an image of 9 people and text

उपभोग्य वस्तुमा मिसावट, म्याद गुज्रेको र फोहोर समेत भेटिएकोले जानकी गाउँपालिकाले अनुगमन गर्दा पालिकाको कार्यविधि अनुसार मापदण्ड बनाई विक्रिवितरण गर्न व्यवसायीहरुलाई सुझाब दिइएको छ । कतिपय व्यवसायहरु गैरकानुनीरुपमा सञ्चालन भएकोले दुई हप्ताभित्रमा कानुनी प्रक्रियामा आउन आग्रह समेत गरिएको अनुगमन समिति जानकीका संयोजक जितबहादुर श्रेष्ठले बताए । 
 
मासु पसल व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुले भारतबाट खुल्लारुपमा चोरी निकासी गरी आउने कुखुराका कारण नेपाली व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन् । वडा नम्वर ४ का मासु व्यवसायी कुर्वान भाटले अनुगमन टोलीसमक्ष यस्तो गुनासो सुनाएका थिए । अनुगमनका क्रममा व्यवसायीको मनोमानी र अखाद्य वस्तु मिसावटका कारण उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलवाड भएको छ भने कालोबजारीका कारण उपभोक्ताहरु मारमा परेका  छन् ।

May be an image of 5 people, people studying, chess and text
    


प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २०:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP