नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा १ करोड २५ लाख लागतमा अत्याधुनिक शवदाह गृह बन्दै
कोहलपुरमा १ करोड २५ लाख लागतमा अत्याधुनिक शवदाह गृह बन्दै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज २०, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरमा १ करोड २५ लाख लागतमा अत्याधुनिक शवदाह गृह बन्दै

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले डुडुवा र रोहिनी खोलाको दोभानमा अत्याधुनिक शवदाह गृह निर्माण गर्ने भएको छ । कोहलपुर नगरपालिका-११ स्थित उक्त स्थानमा बन्न लागेको शवदाह गृहको आज शिलान्यास गरिएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, शवदाह गृह निर्माण समितिका संयोजक चक्र अधिकारीले शवदाह गृहको संयुक्तरुपमा शिलान्यास गरे । नगर प्रमुख आचार्यले शवदाह निर्माण भएपछि करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्मको झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने बताए । "कोहलपुरमा शवदाह गृह नहुँदा शव अन्त्यष्टिका लागि राप्तीसोनारीको अगैया र बबई समेत लग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो," उनले भने-"अब त्यो अवस्था रहँदैन ।" प्रारम्भिकरुपमा करिब १ करोड २५ लाख माथिको बजेटबाट निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको उनले बताए । 

नगर उपप्रमुख सुवेदीले गरिव तथा विपन्न परिवारमा कसैको मृत्यु हुँदा शव अन्त्यष्टि गर्न लैजान नै महंगो पर्ने अवस्थाको कोहलपुर शवदाह गृहले अन्त्य गर्ने बताइन् । नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले नगरबासीको चाहना र आवश्यकतालाई बुझ्दै नगर प्रमुख आचार्य नेतृत्वको टिमले कोहलपुरमा शवदाह गृह निर्माणको काम प्रारम्भ गरेकोमा खुसी व्यक्त गरे । 

तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कोहलपुर शवदाह गृहको शिलान्यास  गरिएको शवदाह गृह निर्माण समितिक संयोजक अधिकारीले जानकारी दिए । शवदाह गृहमा काठ र मेसिनबाट शव जलाउन मिल्ने व्यवस्था मिलाइनेछ । त्यहाँ मलामीहरु बस्नका लागि संरचना बनाइने छ भने शौचालयको पनि व्यवस्थापन गरिनेछ । अधिकारीका कोहलपुर शवदाह गृह निर्माणका लागि ग्लोवल बैंकले ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ भने एभरेष्ट बैंक र गोल्छा ग्रुपले पनि सहयोगको प्रतिबद्धता जनाइसकेको छ । 


प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP