prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • ड्रागन खेतीमा रमाउँदै कमल
ड्रागन खेतीमा रमाउँदै कमल
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २२, २०८१ बागेश्वरी पोस्ट
ड्रागन खेतीमा रमाउँदै कमल

जानकी (बाँके) । बाँकेको जानकी गाउँपालिकामा पनि ड्रागन फ्रुटको खेती गरिएको छ । पछिल्लो समय युवा पुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरुले भने कृषिमै भविष्य खोज्न थालेका छन् । 

जानकी गाउँपालिका वडा नम्वर ४ का कमल बहादुर रानाले ३ वर्ष पहिला जानकी नहर चोक नजिकै आफ्नै १० कठ्ठा जमिनमा स्मृति ड्रागन फ्रुटको फर्म सन्चालनमा ल्याई खेती गर्दे आएका छन् । झण्डै २२ लाख जति लगानी लागेको जनाउँदै रानाले आफूले समूहबाट ऋण लिएर एक्लै खेती सुरु गरेको बताए । धेरैले कृषि खेती गरेको देख्दा आफूले पनि ड्रागन फ्रुटको खेती सफल होला भनेर सुरु गरेको रानाको भनाई छ । 
 
सरकारबाट केही सहयोग हुन्छ कि भन्ने आफूले आशा र विश्वास लिएको तर अहिलेसम्म तीनै तहको सरकारबाट आफूलाई कुनै सहयोग नभएको उनको गुनासो छ । ड्रागन फ्रुटको खेती एकदमै राम्रो र बाह्रमासै हुने भएकाले युवाहरुलाई विदेश पनि जानु नपर्ने रानाले आफ्नो अनुभव सुनाए । 
 
खजुरामा आमालाई औषधि उपचार गराउन आएको समयमा जानकीमा ड्रागन फ्रुट बजारमा भन्दा सस्तो र ताजा पनि पाइन्छ भन्ने सुनेर आफू आएको कोहलपुरका अतुल बनवा बताउँछन् । ड्रागन फ्रुट ताजा पनि खान पाउँदा स्वास्थ्यका लागि राम्रो भएको समेत  उनको भनाई छ । कृषिमा लागेका युवालाई प्रोत्साहन गर्न चालू आर्थिक वर्षका लागि योजना बनाइसकेको गाउँपालिका अध्यक्ष छब्बन खाँ बताउँछन् । कृषिमा लागेका युवाका लागि विजुली र तार पालिकाले व्यवस्था गरिदिएको खाँको भनाई छ । 
 


प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP