Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • रेडक्रस बागेश्वरी युवा सर्कलमा पत्रकार खगेन्द्रको नेतृत्व
रेडक्रस बागेश्वरी युवा सर्कलमा पत्रकार खगेन्द्रको नेतृत्व
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज ३०, २०८१ बागेश्वरी पोस्ट
रेडक्रस बागेश्वरी युवा सर्कलमा पत्रकार खगेन्द्रको नेतृत्व

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बागेश्वरी युवा सर्कल खजुराको अध्यक्षमा युवा पत्रकार खगेन्द्र दाहाललाई चयन गरिएको छ । रेडक्रसको बागेश्वरी उपशाखा खजुरा अन्तर्गत बुधबार आयोजित २१औं स्थापना दिवसका अवसरमा गठित युवा सर्कलको नेतृत्वमा पत्रकार दाहाललाई निर्वाचित गरिएको थियो । 

सञ्चारकर्मीका रुपमा मात्र नभएर पत्रकार दाहाल मानवीय सेवा कर्ममा समेत निरन्तर लाग्दै आएका छन्  । नवगठित युवा सर्कलको उपाध्यक्षमा लिला गिरी, सचिवमा गम बहादुर डांगर, उपसचिव प्रकाश शाह, कोषाध्यक्ष तुला खत्री र उपकोषाध्यक्षमा सिता वि.क. चयन भएका छन् । यस्तै सदस्यहरुमा गौरब सापकोटा, लिला भट्टराई, यम बहादुर विष्ट, सुस्मिता क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । एक जना कार्यसमिति सदस्य र सल्लाहकारलाई आगामी बस्ने बैठकद्वारा मनोयन गरिने नवनिर्वाचित अध्यक्ष दाहालले जानकारी दिए । 

२०६० सालमा स्थापना भएको बागेश्वरी उपशाखाको युवा सर्कल केही वर्ष यता निष्क्रिय अवस्थामा रहेकोमा यसलाई पुन: क्रियाशील बनाउन नयाँ कार्यसमिति निर्माण गरिएको वागेश्वरी उपशाखा खजुराका सभापति जिवनाथ सापकोटाले जानकारी दिए । नवगठित कार्यसमितिलाई शुभकामना दिँदै जिल्ला कार्यसमिति सदस्य, सितापुर उपशाखाका सभापति, जुनियर युवा समितिका संयोजक यम नारायण महतोले विगतका दिनमा जस्तै युवा सर्कल क्रियाशील भएर मानवीय सेवाको कार्यमा लाग्ने विश्वास लागेको बताए । खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोका  क्षेत्रीले रेडक्रस जस्तो मानवीय सेवा गर्ने संस्थामा रहेर कार्य गर्न पाउनु नै भाग्यमानी सम्झनुपर्ने बताए । वडाध्यक्ष रोका क्षेत्रीले खजुरामा आइपर्ने प्राकृतिक प्रकोपमा ‘म सेवा गर्छु’ भन्ने मनोभावना लिएर सबै लाग्न आवश्यक रहेको भन्दै शुभकामना ब्यक्त गरे । 

स्थापना दिवस मनाउने कार्यक्रममा खजुराका रेडक्रसकर्मी, स्थानीय संघसंस्थाका पदाधिकारी, जनप्रतिनिधि, युवाहरुको सहभागिता थियो ।


प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP