नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आइसीपी निर्माणका क्रममा टिप्परले जीर्ण बनाएको सडकले सास्ती
आइसीपी निर्माणका क्रममा टिप्परले जीर्ण बनाएको सडकले सास्ती
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ९, २०८१ बागेश्वरी पोस्ट
आइसीपी निर्माणका क्रममा टिप्परले जीर्ण बनाएको सडकले सास्ती

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ स्थित आइसीपी निर्माणका लागि माटो बोक्ने टिप्परका कारण कालोपत्रे गरिएको चौलिका चौकदेखि डुडुवा वडा नम्बर ६ हुँदै वडा नम्बर १ सम्मको सडकखण्ड जीर्ण बनेको छ । 

२०७२ सालमा कालोपत्रे गरिएको उक्त सडक ओभरलोड बोकेर गुड्ने टिप्परका कारण करीब ८ वर्षमै कालोपत्रे उप्किएर खाल्डाखुल्डीमा परिणत भएको हो ।सडकमा परेका खाल्डाखुल्डीका कारण कालोपत्रे सडक भेट्नै मुस्किल पर्ने अवस्था भएको छ । खाल्डाखुल्डीसँगै बर्षातको समयमा पानी परेपछि नागरिकलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । 

डुडुवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मोहनराम मिश्रले ठूला सवारीसाधन चले पनि खाल्डाखुल्डीका कारण कार, मोटरसाइकल, अटो लगायतका साधनमा यात्रा गर्न समस्या हुने गरेको बताए । नेपालगञ्जको चौलिका चौकदेखि करीब ११ किलोमिटर सडक कालोपत्रे उप्किएकाले निर्माण व्यवसायीले सडक बनाउनुपर्ने स्थानीयले अडान लिएका थिए । त्यसका लागि पटक–पटक माटो बोकेको टिपर रोकेर डुडुवा ६ का स्थानीयले आन्दोलन समेत गरेका थिए । तर, बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी र बाँकेका तत्कालीन प्रहरी प्रमुखले आइसीपी निर्माण बाँकेकै गौरवको आयोजना भएकोले टिपर नरोक्न स्थानीयहरुसँग आग्रह गर्दै ठेकेदार कम्पनीले सडक मर्मत गरिदिने आश्वासन दिएका थिए ।

आइसीपी निर्माणको ठेक्का पाएको भारतीय कम्पनीका डाइरेक्टरले भत्किएको सडकको मर्मत गरिदिने मौखिक सम्झौता गरेको डुडुवा ६ का वडाध्यक्ष मिश्रले बताए । तत्काल कोभिडको बेला रहेकोले कोरोनाबाट उक्त कम्पनीका डाइरेक्टरको मृत्यु भएपछि अन्य कर्मचारीले वास्ता नगरेको वडाध्यक्ष मिश्रको भनाई छ ।

उक्त निर्माण कम्पनीको सेकेण्ड म्यानसँग कुरा गर्दा सो बारेमा आफूहरुलाई केही जानकारी नभएको बताएको वडाध्यक्ष मिश्रले जानकारी दिए । जीर्ण बनेको सडकका विषयमा पटक–पटक सम्बन्धित पक्षसँग छलफल भएपनि ओभरलोड बोक्ने टिप्पर नियन्त्रणमा कसैको ध्यान नपुगेको उनको भनाई छ । माटो, ढुङा ओभरलोड बोकेर टिपरहरु उक्त सडकमा दिनहुँ चलेको स्थानीयहरुको भनाई छ ।

अत्यधिक भारका गाडी गुडेकै कारण सडक बिग्रिएको, खाल्डाखुल्डीसँगै धुलाम्मे भएको भन्दै डुडुवा ६ का जनता आक्रोशित भएका छन् । समयमै सडक मर्मत नगरिए नेपालगञ्ज उपमहानगरसँग जोडिएको डुडुवा गाउँपालिकाको नयाँ बस्ती जोड्ने सडक खाल्डाखुल्डी भएका कारण दुर्गम हुने डुडुवा ६ का स्थानीय ओरीलाल मुराउको भनाई छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP