नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • राप्तीसोनारीमा खेल शिक्षकहरुका लागि सञ्चालित प्रशिक्षण सम्पन्न
राप्तीसोनारीमा खेल शिक्षकहरुका लागि सञ्चालित प्रशिक्षण सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ९, २०८१ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा खेल शिक्षकहरुका लागि सञ्चालित प्रशिक्षण सम्पन्न

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले खेल शिक्षकहरुका लागि सञ्चालन गरेको पाँच दिने प्रशिक्षण तालिम आज सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ को मुख्य नाराका साथ गाउँपालिकाका विद्यालयहरुमा कार्यरत खेल शिक्षकहरुलाई भलिबल, एथलेटिक्स, कवड्डी लगायतका खेलहरुका बारेमा गत सोमबारदेखि पाँच दिने प्रशिक्षण तालिम सञ्चालन गरिएको थियो । 

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रशिक्षणको उद्घाटन गरेका थिए । राप्तीसोनारी खेलकुद विकास समिति, राप्तीसोनारी गाउँपालिकाको आयोजनामा सञ्चालित तालिमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन पालिकाले आवश्यक कार्यक्रमहरु तयार गर्ने बताए । शिक्षकहरुले सिकेको र पहिलादेखि भएको खेल प्रशिक्षण क्षमताले विद्यार्थीहरुलाई थप प्रोत्साहित गर्ने अध्यक्ष पौडेलले उल्लेख गरे । उनले शिक्षकले चाहेको अवस्थामा विद्यार्थीलाई प्रेरित गर्नुका साथै सकारात्मक दिशातर्फ मोड्न सक्ने भएकाले गुरुको स्थान सदैब उच्च रहेको धारणा राखे ।

May be an image of 5 people and text

सो क्रममा वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगीले शिक्षण कार्यका लागि यो दक्षता समेत जरुरी रहेकाले यस्ता दक्षताको बृद्धि तथा कार्यान्वयनमा स्वयं शिक्षकहरु पनि सक्रिय भइरहनुपर्ने बताए । उनले स्थानीय सरकार पालिकाको शिक्षा क्षेत्रका लागि उपलब्धिमूलक ढंगले लागेको समेत बताए ।

राप्तीसोनारी गाउँपालिका खेलकुदको उर्वरभूमिका रुपमा रहेका र शिक्षकहरुले खेलकुदको आधारभूत कुराहरु सिकेको अवस्थामा विद्यार्थीहरुमा खेलकुदको क्षमता बढाउन प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदीले बताए । 

प्रशिक्षण तालिममा पालिकाका सबै तहका विद्यालयहरुका खेल शिक्षकहरुको सहभागिता रहेको थियो । प्रशिक्षणमा २ वटा निजी विद्यालयका शिक्षकहरु गरी २८ जना सहभागी रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए । सहभागीहरुलाई एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र बहादुर गुरुङ्ग, भलिबलतर्फ प्रकाश शर्मा, कवड्डीतर्फ जनार्दन खत्री र तेक्वान्दोतर्फ जंगदिप चौधरीले प्रशिक्षण दिएका थिए । 
 
यस वर्ष गाउँपालिकाले वडा नम्बर ८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । रनिङ्ग शिल्ड त्यही विद्यालयमा हुने भएकाले फिल्ड अध्ययन तथा खेलका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुग्ने अपेक्षाका साथ प्रशिक्षण तालिम गरिएको हो ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP