नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्लास्टिकका माला प्रतिबन्ध भएपछि नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री
प्लास्टिकका माला प्रतिबन्ध भएपछि नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक १४, २०८१ बागेश्वरी पोस्ट
प्लास्टिकका माला प्रतिबन्ध भएपछि नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री

नेपालगञ्ज । सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् ।

तिहार नजिकिंदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री वितरण भइरहेको व्यवसायीले बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलका अनुप लखेटले गत वर्ष मौज्दात केही दर्जन कपडाजन्य मालाको बिक्री वितरण भइरहेको बताए ।

उनले भने, ‘गत वर्ष स्थानीय प्रशासनले प्लाष्टिकका माला जलाएका कारण अहिले उपभोक्ता पनि त्यस्ता माला खोज्न आएका छैनन् ।’ प्लाष्टिकजन्य माला बेच्न हुँदैन भन्ने विषयमा आफूलाई जानकारी रहेको उल्लेख गर्दै लखेटले केही उपभोक्ताले लुगाका माला पनि प्रयोगमा ल्याएको बताउँछन् ।

अर्का स्थानीय व्यवसायी अकबर अलीले स्थानीय सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको  प्रयोगमा रोक लगाएपछि मौज्दात रहेको कपडाका माला र पुष्पगुच्छाको सामान्य बेचबिखन भएको बताए । मौज्दात रहेको करिब २० दर्जन कपडाजन्य माला बेचबिखनका लागि राखिएको जानकारी दिंदै उनले तिहारका लागि भाइ मसलाको खपत बढेको बताए । ‘हामीले कोहलपुरबाट उत्पादन भएको भाइ मसला नेपालगञ्ज ल्याएर बेचेका छौं’, उनले भने ।

तिहार नजिकिंदै जाँदा नेपालगञ्जको सदरलाइन, एकलैनी, त्रिवेणीमोड, बागीश्वरी टोल, घरबारीटोल, न्यूरोड, त्रिभुवन चोकलगायत क्षेत्रमा भाइमसला, टीका, माला, फलफूललगायत विभिन्न स्थानमा सामान किन्नेहरूको भीड लागेको छ ।

बागीश्वरी मन्दिर छेउका पसल, सदरलाइन, एकलैनी, पुरानो सिनेमा हल रोड, घरबारीटोल, न्यूरोड र धम्बोझी लगायत स्थानमा कपडाले बनेका रङ्गीविरङ्गी मालाले झकिझकाउ देखिएको छ । उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाटले प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छा प्रतिबन्धित भन्ने विषयमा व्यापारीलाई कुनै जानकारी नआएको जिकिर गर्दै सरकारी पक्षबाट यसको अनुगमन नभएको गुनासो गरे ।

उनले निर्वाध रूपमा व्यवसायीले आफ्नो व्यापार गर्न पाउनुपर्ने जिकिर गरे । नेपालगञ्जमा तिहारकै अवसरमा ८० हजारदेखि  एक लाख रुपैयाँ बढीको माला बेचबिखन हुने गरेको स्थानीय व्यवसायीको भनाई छ ।

बाँकको कोहलपुर नगरपालिका लगायतले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाउँदै स्थानीय किसानले उत्पादन गरेका फूलका माला र फूल तिहार लगायत पर्वमा उपभोग गर्न आग्रह गरेको थियो । रासस


प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP